Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा आज बुधबारदेखी नयाँ कृषिबजार संचालनमा आउने
    कनकाई नगरपालिका

    सुरुङ्गामा आज बुधबारदेखी नयाँ कृषिबजार संचालनमा आउने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन १०, बुधबार ०६:१२ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई—३ स्थित सुरुङ्गा बजारमा नयाँ व्यवस्थापनका साथ छुट्टै कृषिबजार संचालनमा आउने भएको छ ।


    बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका सब्जी व्यवसाय, फलफुल, खुद्रा रेडिमेट कपडा,कसमेटिक, जुत्ताचप्पल, चियानास्ताका घुम्ती पसल लगायतका व्यवसायीहरुकालागी छुट्टै सुरुङ्गा कृषिबजार संचालनमा आउँन लागेको हो । कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिका क्षेत्रमा भएको आफ्नो जमिन कनकाई सामुदायिक वनसँग सट्टा–पट्टा गरी सुरुङ्गाको पश्चिम बस स्टेण्ड उत्तर तर्फको करिव तीन बिगाहा वन क्षेत्रको जमिनमा सरसफाई गरी आवश्यक्ताअनुसार स्टल निर्माण गरेर सुरुङ्गा कृषि बजारलाई व्यवस्थित गर्न खोजीएको हो ।


    हाल सुरुङ्गामा मुख्य सब्जी बजार रहेको क्षेत्रमा कनकाई नगरपालिकाले तीन तले बहुउद्येश्यीय व्यवसायीक भवन निर्माण गर्ने भएकाले सोही क्षेत्रका व्यवसायीहरुलाई आफ्नो व्यवसाय संचालनकालागी व्यवस्थित स्टल निर्माण गरी स्थानान्तरण गर्न लागिएको कनकाई—३का वडाअध्यक्ष युवराज चम्लागाईले जानकारी दिए ।


    स्थानीय सरकारले निर्माण गरेको बजार संचालन कार्यविधिको मापदण्ड अनुसार व्यवसायीहरुलाई आफ्नो व्यवसाय संचालन गर्न अनुमति प्रदान गरिने वडाअध्यक्ष चम्लागाईले बताए ।पुर्व पश्चिम राजमार्गसँग जोडिएको सुरुङ्गा कृषिबजार आज बुधबारदेखी संचालनमा आउँने बताइएको छ । अत्यन्तै साँगुरो ठाउँमा बस्दै आएका व्यवसायीहरुलाई कनकाई नगरपालिकाले गरेको यो नयाँ व्यवस्थापन प्रदेशमै उत्कृष्ट भएको वडाअध्यक्ष चम्लागाईँ बताउँछन् ।


    स्थायी रुपमा व्यवसाय संचालन गर्ने व्यवसायीहरुले राजस्व कार्यालय साथै स्थानीय सरकारमा दर्ता भई नियमअनुसार वार्षिक रुपमा नविकरण गरी राजस्व बुझाउँदै आएको हुनु पर्ने बताइएको छ ।


    सुरुङ्गा बजार व्यवस्थापन समितिले सम्बन्धित वडा कार्यालयको समन्वयमा हाल ११८ वटा स्टल निर्माण गरिसकेको बताइएको छ । हाल २ सय बढी व्यवसायीहरुले आफ्नो व्यवसाय दर्ता गरिसकेको साथै नियमअनुसार अझै पनि व्यवसाय दर्ता गर्ने क्रम जारी रहेकोले आवश्यक्ता अनुसार स्टल निर्माण गर्दै जाने सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष मनोहरी बिमलीले जानकारी दिए । हाटबजारका दिन बजार क्षेत्रमा साथै कनकाई बहुमुखी क्याम्पस अगाडी लाग्दै आएको गुन्द्री बजारलाई समेत नयाँ कृषि बजारमा व्यवस्थित गरिने अध्यक्ष बिमलीले बताए।


    सुरुङ्गा कृषि बजार निर्माणकालागी स्थानीय समाजसेवी डिल्लीराम उप्रेतीको अध्यक्षतामा गठन भएको नौ सदस्यीय निर्माण उपभोक्ता समिति समेत सक्रिय रहेको बताइएको छ । निर्माण उपभोक्ता समितिको सचिवमा श्रीप्रसाद खरेल, कोषाध्यक्षमा दुर्गादेवी थापा, सदस्यहरु होमप्रसाद बिमली, मनोहरी बिमली, अम्बरवहादुर कार्की, निर्मला राई, नारायण अधिकारी र वेदप्रसाद खतिवडा रहेका छन्। जसको अनुगमन समितिमा वडाअध्यक्ष युवराज चम्लागाईको संयोजकत्वमा वडाका जनप्रतिनिधिहरु रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.