Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धर्म र संस्कृतिका नाममा नेपालमा देखिएको एकता उदाहरणीय ः मन्त्री कार्की
    समाचार

    धर्म र संस्कृतिका नाममा नेपालमा देखिएको एकता उदाहरणीय ः मन्त्री कार्की

    ramBy ram२०७६ कार्तिक १७, आईतवार ०८:३० गते2 Mins Read

    राम निरौला
    कनकाई खबर /  विभिन्न जातजातीहरुको आ–आफ्नै धर्म, संस्कृति र परम्पराका नाममा कतिपय मुलुकहरुमा ठूलो विवाद चलिरहेको वर्तमान अवस्थामा धर्म र संस्कृतिका नाममा नेपालमा देखिएको एकता वास्तवमै विश्वको इतिहासमा उदाहरणीय भएको १ नं.प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् ।

       झापाको विरिङ् नदिमा शनिवार छठ सेवा समिति विर्तामोडले आयोजना गरेको छठपुजा विशेष वृहत सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले नेपालमा रहेका विभिन्न जातजातीहरु विचको एकता, आपसी सद्भाव, सामाजिक सहिष्णुता बलियो भएकाले यसलाई कसैले पनि तोड्न नसक्ने कुरामा जोड दिएका छन् । नेपालीहरु विचको एकता नै यहाँको सम्पत्ति भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्ने मात्र हैन बाह्य पर्यटक भित्र्याउँने एउटा माध्यमका रुपमा पनि चाडपर्वको विशेष महत्व रहेको मन्त्री कार्कीले प्रष्ट पारे ।

      नेपालीहरुको आफ्नो जातीय विविधता, धार्मिक तथा सांस्कृतिक एकताको अन्य मुलुकले सिको गर्दै आएको प्रसंग जोड्दै मन्त्री कार्कीले गरिवीका कारण डिभी भरेर अमेरिका जाने नेपालीहरुवाट आफ्नै भूमिमा नेपालको संस्कृति , संस्कार र जातीय सद्भावको समेत अमेरिकाले अनुुसरण गर्न थालेको उनले वताए ।  नेपालमा दक्ष जनशक्तिका रुपमा रहेका मिहिनेती, ईमान्दार र परिश्रमी नेपालीहरुलाई प्रयोग गर्दै अमेरिकाले काम लिनुका साथै नेपालको रहनसहन, संस्कृति र संस्कार सिक्न नेपाल आउँनु नपर्ने भएकाले अब यहाँ विदेशी पर्यटक आउँने क्रम समेत घट्ने सम्भावना रहेको भन्दै मन्त्री कार्कीले यस तर्फ सरकारको गम्भिर ध्यानआकर्षण भएको बताए । अब सम्पूर्ण नेपालीहरुलाई स्वदेशमै आत्मनिर्भर हुन सक्ने वतावरण सिर्जना गर्नकालागि उल्टो बाटोमा भइरहेको विकासलाई सुल्टो बाटोमा लगाउँन सरकार लागेको मन्त्री कार्कीले प्रष्ट पारे ।     छठ सेवा समिति विर्तामोडका अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा सम्पन्न छठ विशेष सांस्कृतिक कार्यक्रम बिरिङपुल उत्तर खोलाको पूर्वी तटमा निर्माण गरिएको पूजा स्थलमा सम्पन्न भएको हो । रात्री कालिन सुविधाको लागि बिजुली बत्तीको राम्रो व्यवस्था मिलाइएको थियो भने शान्तिसुरक्षाको निमित्त नेपाल प्रहरी र सशस्त्र प्रहरी वल सक्रिय रहेको वताइएको छ ।

       भक्तजन र दर्शकको घुइँचोको कारण मुख्य राजमार्गमा केही घण्टा सवारी आवगमनमा समेत प्रभाव परेको थियो । कार्यक्रममा तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा झापाली अग्रज पत्रकार पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, संस्थाका पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, संस्थाका पूर्व उपाध्यक्ष घनश्याम पूर्वेलाई सम्मान गरिएको वताइएको छ ।

       संस्थाका महासचिव मनोजकुमार शाहको संचालन तथा कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष सञ्जयकुमार शर्माले स्वागत गरेको कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्की, संविधान सभा सदस्य सु्धिरकुमार शिवाकोटी, विर्तामोड नगर प्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईँ, झापा जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनाली, नेकपा विर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईँ लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.