दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् ।
बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।
दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

