ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ ।
वडाध्यक्ष छवि रमण धमलाले स्थानीय एक महिलालाई करणी गरेको भन्दै ति महिलाका आफन्तले गत शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिएका हुन् ।जाहेरी दिने तयारी गर्दा अध्यक्ष धमलाले ति २५ वर्षीया महिलालाई विभिन्न खालका प्रलोभन देखाएर रोक्न खोजेको पीडित पक्षको भनाई छ ।
पिडित महिलाको उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ ।यता वडाध्क्ष धमला भने यतिबेला सम्पर्कविहीन छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी बालिस्टर सिंहका अनुसार धमलाको खोजी कार्य जारी छ । धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

