Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा छठपुजाको तयारी तिब्र
    समाचार

    कनकाईमा छठपुजाको तयारी तिब्र

    ramBy ram२०७६ कार्तिक १४, बिहीबार १३:१४ गते2 Mins Read

    कनकाई \ सवै जातजातीहरुले सामूहिक पर्वका रुपमा मनाउँदै आएको छठ पर्वलाई अझै व्यवस्थित बनाउँनकालागि कनकाई छठ सेवा समाजले छठपुजाको तयारीलाई तीव्रताका साथ सम्पन्न गरेको छ ।

         पवित्र कनकाई माईको पूर्वि किनारमा हरेक वर्ष झैं यस वर्षपनि विभिन्न कलाकारहरुसहितको सांगितीक कार्यक्रमका साथमा छठ पुजा सम्पन्न गर्ने योजनाका साथ तयारी पूरा गरीएको कनकाई छठ सेवा समाजका अध्यक्ष सुरेन्द्र प्रधानले वताएका छन् । ब्रतालुहरुकालागि सहज होस् भन्ने उद्येश्यका साथ नदी किनारमा घाट निर्माण गर्नकालागि आयोजकले जेसीबीको प्रयोग गरी माटो सम्याउँने काम गरेको छ । पुजालाई व्यवस्थित गर्नकालागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको समाजका अध्यक्ष प्रधानले वताए ।

      पुजा स्थलमा विभिन्न ७० वटा घाट निर्माण भएको साथै अस्थायी शौचालय सहितको व्यवस्था गरिएको वताइएको छ । विभिन्न जातजातीहरुको साँस्कृतिक झाँकीसहितको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरी नदी किनारमा औपचारिक कार्यक्रममा सहभागी हुनेगरी योजना बनाएको वताइएको छ । प्रतिनिधी सभा सदस्य झापा क्षेत्र नं.४ का संघीय सांसद एलपी साँवा लिम्वूले छठपुजा विशेष औपचारीक कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । छठपुजाको अघिल्लो दिन शुक्रवार विहान कनकाई छठ सेवा समाजको अगुवाईमा सुरुङ्गा बजार क्षेत्र साथै कनकाई माइको पुजास्थल सम्म सरसफाईको कार्यक्रम समेत रहेको वताइएको छ ।

        सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको कनकाई छठ सेवा समाजले स्थानीयस्तरमा निशुल्क स्वास्थ्य शिविर, रक्तदान, होली मिलन लगायत विभिन्न गतिविधी सामुहिक रुपमा सफलतापूर्वक सम्पन्न गर्दै आएको वताइएको छ । समाजले दशैंको नवरात्रीको समयमा स्थानीय दुर्गा मन्दिरमा आउँने भक्तजनहरुलाई प्रसादका रुपमा खीर खुवाउँने कार्यक्रम समेत सम्पन्न गरेको छ । कनकाई ३ मा रहेको छठ समाजको पाँच कठ्ठा जमिनमा संस्थाको तर्फवाट सुविधा सम्पन्न सामुदायिक भवन साथै सुर्यनारायणको मन्दिर निर्माण गर्ने तयारी गरिरहेको समाजका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक राजकिशोर चौधरीले वताएका छन् । निर्माणको योजनामा रहेको सुर्यनारायणको मन्दिर नेपालमै पहिलो मन्दिर हुने संयोजक चौधरीको ठहर छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.