बारा । बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।
११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्याएको थियो ।
लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । रातोपाटी बाट
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
