Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » खसी चोरेर धरौटीमा छुटेका कालु पुन: बोका चोरेको आरोपमा पक्राउ
    कनकाई खबर बिशेष

    खसी चोरेर धरौटीमा छुटेका कालु पुन: बोका चोरेको आरोपमा पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन ५, शुक्रबार ०९:५४ गते2 Mins Read

    कनकाई खबर/लमजुङमा खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका छन् ।

    अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका-४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको २ वटा बोका चोरेको आरोपमा पुन: प्रहरीले पक्राउ गरेको छ ।असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका-५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो। आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए।

    उनलाई मध्यनेपाल नगरपालिका-५ पराजुलीबेसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। आरोपित गुरुङ उपर जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यसअघि लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-९ साम्दी बस्ने शान्ति बहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोविन्द विकको घरबाट एउटा खसी चोरी गरी बिक्री वितरण गर्न बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बसको डिक्किमा राख्दै गर्दा गुरुङ पक्राउ परेका थिए

    ।त्यसपछि अदालतमा मुद्दा दर्ता गरी फैसला नहुञ्जेलसम्मका लागि ५० हजार रुपैयाँ धरौटी तिराएर तारेखमा छाडिएका गुरुङ पुनः बोका चोरेको आरोपमा पक्राउ परेका हुन्। यसअघि गुरुङ लाई खसी चोरेको आरोपमा प्रहरीले असार २४ गते पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी गर्ने व्यक्तिलाई ३ देखि ५ बर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.