सिन्धुलीको दुधौलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पदंशबाट दुधौली नगरपालिका– ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार बेलुकी घरमै विषालु सर्पले डसेपछि घाइते उनलाई उपचारका लागि दुधौली सर्पदशं अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
