Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खरेल
    कनकाई नगरपालिका

    कनकाईको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खरेल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन ४, बिहीबार १२:२५ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अब लक्ष्मीप्रसाद खरेलले सम्हाल्ने भएका छन् ।

    तीन वर्ष सम्मको अवधि कनकाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका मोहनप्रसाद न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएपछि मोरङ् जिल्लाको पथरी शनिश्चरे नगरपालिकाबाट कनकाईको जिम्मेवारी सम्हाल्न खरेल आएका हुन् । इलाम जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट स्थानीय तहको पहिलो अनुभव सम्हाल्न आएका मोहनप्रसाद न्यौपानेले २०७७ को भदौ ३१ बाट कार्यभार सम्हालेका थिए । कनकाई नगरपालिकाको नवौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेर तीन वर्ष सम्मको अवधि पुरा गर्ने कनकाईको हाल सम्मकै पहिलो प्रमुख प्रशासकीय अधिकृतका रुपमा न्यौपानेको कार्यकाललाई नै हेर्न सकिन्छ ।

    सरकार स्थिर नहुँदा जनातालाई शास्ती भए झैं कुनै पनि कार्यालयको जिम्मेवार कर्मचारी समेत स्थिर भएन भने कार्यालयको सेवा प्रभावित हुने भएकाले जिम्मेवार कर्मचारी स्थिर हुनु पर्नेमा कनकाई नगर क्षेत्रका अगुवाहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

    एक हप्ता अघिदेखी नै कनकाईको दशौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा लक्ष्मीप्रसाद खरेलले जिम्मेवारी सम्हाल्न थालेका हुन् । ना.सु. पास गरेर २०५७ देखी निजामति सेवामा प्रवेश गरेका खरेल २०५१ देखी २०५७ सम्म शिक्षण पेशामा आवद्ध थिए ।

    क्षेत्रीय सहरी विकास निर्देशनालय धनकुटाबाट निजामति सेवा प्रवेश गरेका खरेलले २०६६ मा शाखा अधिकृत पास गरेपछि अढाई वर्ष पाँचथर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पूरा गरेका थिए । त्यसपछिका दिनहरुमा क्रमशः जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख प्रशासकीय अधिकृत, सिमा प्रशासन कार्यालय पशुपतिनगर इलाम, जिल्ला प्रशासन कार्यालय सर्लाही, फेरी झापा हुँदै २०७८ मा उपसचिवमा बढुवा भएपछि पथरी शनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पहिलो पटक स्थानीय तहको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

    साविक सुरुङ्गा र घैलाडुवा गाविस एकिकृत भएर कनकाई नगरपालिका बनेपछिको १० वर्षपछि कनकाईको दशौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हाल्न आएका खरेलले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार तोकिएको काम, कर्तव्य र अधिकार क्षेत्र भित्र रहेर आँफूले कार्य सम्पादन गर्ने कनकाई खबरलाई जानकारी दिए ।

    कनकाई नगरपालिकामा हाल सम्ममा ९ जना प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन गरीसकेको भए पनि एक वर्षको अवधि पूरा गर्नेमा दुईजना प्रमुख प्रशासकीय साथै तीन वर्षको अवधि पूरा गर्नेमा एक जना प्रमुख प्रशासकीय अधिकृत भएको पाइन्छ ।

    कनकाई नगरपालिका घोषणा भएपछि २०७१ को बैशाख २५ गते पहिलो प्रमुख प्रशासकीय अधिकृतका रुपमा कनकाई नगरपालिकामा कार्यभार सम्हाल्न आएका रुद्रवहादुर कार्की करिव चार महिनापछि भदौ १३ गते विदाई भएका थिए । त्यसपछि २०७१ को भदौ १४ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हाल्न आएका सुनिल निरौला १० महिनापछि २०७२ को असार ३० गते विदाई भएका थिए । त्यसपछि क्रमशः अनुज गौतम २०७२ साउन १ गतेदेखि २०७३ जेठ ७ गते सम्म १० महिना, खगेन्द्र गिरी २०७३ जेठ ८ गतेदेखि २०७४ कात्तिक ५ सम्म १७ महिना, देबेन्द्र कार्की २०७४ कात्तिक ६ देखि २०७५ कात्तिक १२ सम्म एक वर्ष, गणेशप्रसाद बराल २०७५ मंसिर २० देखि २०७५को चैत ५ गते सम्म साडे तीन महिना, खरुदेब चुडाल २०७५ चैत्त ११ देखि २०७६ फागुन ६ गते सम्म ११ महिना सम्मको कार्यकाल विताएका हुन् । त्यस्तै रुद्रप्रसाद न्यौपानेले २०७६ को चैत २६ गतेदेखी २०७७ को भदौ ३० गते सम्म ५ महिनाको कार्यकाल बिताएका हुन् भने मोहनप्रसाद न्यौपानेले २०७७ को भदौ ३१ बाट हाल सम्मको महत्वपूर्ण समय बिताएका हुन् ।

    गृहमन्त्रालयमा सरुवा भएका न्यौपाने हाल दुई महिनादेखी काठमाण्डौमा तालिममा रहेका कारण अब एक हप्तामा कनकाईमा आएर बिदाई तथा स्वागतको औपचारिक कार्यक्रम गर्ने योजना रहेको नगरपालिकाका एक कर्मचारीले बताए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.