Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संविधान कार्यान्वयनमा तीन तहकै सरकारसँग नागरिक समाज र राष्ट्रसेवक कर्मचारी समेत सक्रिय बन्नु पर्दछ ः कनकाई नगर प्रमुख पोखरेल
    कनकाई नगरपालिका

    संविधान कार्यान्वयनमा तीन तहकै सरकारसँग नागरिक समाज र राष्ट्रसेवक कर्मचारी समेत सक्रिय बन्नु पर्दछ ः कनकाई नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन ३, बुधबार २२:३० गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन तर्फ जोड दिनु पर्ने बताएका छन् ।

    संविधान दिवसको अवसरमा सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मौलिक अधिकारको विषय संविधानमा ग्यारेन्टी गरिए पनि कार्यान्वयन हुने सवालमा कमजोर देखिएको भन्दै संविधान पूर्णरुपमा कार्यान्वयन गर्न तीन तहकै सरकार साथै नागरिक समाज, राष्ट्रसेवक कर्मचारीसहित सबैको समान दायित्व हुने बताए । गतिशिल रुपमा रहेको यो संविधान जारी भएको तत्कालिन समयलाई स्मरण गर्दै नगर प्रमुख पोखरेलले विभिन्न राजनीतिक दलहरुको अथक प्रयासबाट कार्यान्वयनको प्रारम्भिक चरणमा बाह्य शक्तिबाट समेत हस्तक्षेप हुन खोजेको यो संविधान अन्ततः मुलुककै उत्कृष्ट भएको दाबी गरे ।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी गरेको स्मरण गर्दै नगर प्रमुख पोखरेलले संसोधन सहितको यो संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको बताए । यस अवसरमा संविधानले दिएको अधिकारको उपयोग गर्दै देश र जनताकालागी आफ्नो ज्यानको आहुती दिने ज्ञातअज्ञात शहिदहरुप्रति नगर प्रमुख पोखरेलले श्रद्धासुमन अर्पण गरे । नगर प्रमुख पोखरेलले देशका सन्ततीलाई स्वदेशमै आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना गर्न समेत सरकारको माथिल्लो तहमा ध्यानाकर्षण गराए ।

    त्यस्तै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले दुई पटक संसोधन भएर आएको यो संविधानले जनताको मर्म र भावनालाई समेत संवोधन गरेकोले कार्यान्वयन तर्फ सबै एकजुट हुनु पर्नेमा जोड दिएकी छन् । संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान मुलुककै उत्कृष्ट मध्येको एक भएको उपप्रमुख शिवाकोटीले बताएकी छन् । संविधान सभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेको ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको नगर उपप्रमुख शिवाकोटीले जानकारी दिएकी छन् ।

    कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले विश्वकै उत्कृष्ट संविधानका रुपमा नेपालको संविधान २०७२ रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत खरेलले जनतालाई अधिक्तम अधिकार प्रदान गर्दै शासन संचालनकालागी उदाहरणीय कानुनका रुपमा रहेको यो संविधानको परिधिभित्र रहेर विभिन्न ऐन कानुन बनिएको जानकारी दिए । राज्यका निर्देशक सिद्धान्तहरु साथै राज्यको राज्य प्रणाली कसरी परिचालित हुन्छ भन्ने कुराको यो संविधानमा व्याख्या गरिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले बताए । साथै विश्वको उदाहरणीय शासन प्रणालीलाई नेतृत्व गर्ने कानुनका रुपमा दुई पटक सम्म संसोधन भएको नेपालको संविधान अक्षरस पालना गरेर राज्य प्रणालीलाई सफल बनाउँने कार्यमा एकजुट बन्न सम्बन्धित सबैलाई प्रमुख प्रशासकीय अधिकृत खरेलले आग्रह गरे ।

    जनताले लडेर ल्याएको संविधान कार्यान्वयन नहुने हो भने जनतामाथि अन्याय हुने भन्दै कनकाई नगरपालिकाका प्रवक्ता एवं वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राईले संविधान पूर्णरुपमा कार्यान्वयन गराउन सबै पक्षको भुमिका अपरिहार्य रहेको बताए । प्रवक्ता राईले सबै जातजाती, धर्मसंस्कृति एवं सम्प्रदायलाई सम्बोधन गरिएको संसोधन सहितको नेपालको संविधान आँफैमा उत्कृष्ट रहेको प्रतिक्रिया दिए । कार्यक्रमको सहजीकरण कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.