Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » तीजको लहर गयो बरी लै…तीजको मौलिकता र सामुहिक तीज : के भन्छन महिला अभियन्ता ?
    कनकाई नगरपालिका

    तीजको लहर गयो बरी लै…तीजको मौलिकता र सामुहिक तीज : के भन्छन महिला अभियन्ता ?

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन ३, बुधबार ०६:०७ गते13 Mins Read

    सावित्रा दाहाल भट्टराई / कनकाई

    देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुले हर्सोल्लासका साथ मनाउँने गरेको यस वर्षको तीज पर्व बिदा भइसकेको छ । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाऊँ भनी पार्वतीले कठोर व्रत बसी आफ्नो मनोकांक्षा पुरा गरेको दिनसंग यो पर्व सम्वन्धित छ ।

    कथाअनुसार पार्वतीलाई आफ्ना पिताले आफूले मन पराएको व्यक्तिसँग नभई अर्कै व्यक्तिसँग विवाह गर्ने थाह पाएपछि सखीको सहायताले अज्ञात पर्वतमा गएर कठोर वर्त वसी भाद्रशुक्ल तृतीयाको दिन शिवलिङ्गको पुजा आरधना गरिरहेको वेला शिव प्रकट भई इच्छाएको वरदानको माग्न आग्रह गर्दा हजुरलाई पति पाऊँ भनी ब्रतवसेकी भनेपछि शिवले साथ लिएर आफ्नो वासस्थानमा लगि सुखी र खुशी दाम्पत्य जीवन विताएको कथामा उल्लेख छ ।

    दर खाने चलनको बारेमा भने धर्मशास्त्र वा धर्मग्रन्थमा उल्लेख भएको पाइदैन तर दरखाने चलन चल्नुको पनि आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । मुसलमान राजा औरङ्ग जेवको पालामा उनीहरुले हिन्दू चेलीवेटीलाई अपहरण गरेर लाने गरेको तर सिदूर पोते लगाएका चेलीहरुलाई केही पनि नगर्ने भएकोले आफ्ना चेलीहरुलाई मुसलमानको आक्रमणबाट जोगाउन हिन्दूहरुले सानै उमेरमा आफ्ना छोरी चेलीको विवाह गर्ने गरेको इतिहासमा उल्लेख छ । विवाहपछि हिन्दू नारीहरुले अनिवार्य ब्रत वस्नुपथ्र्यो । ती कलिला छोरी चेलीलाई दिनभर निराहार ब्रत बस्न गाह्रो हुन्छ भनेर आफ्नो अभिभावकहरुले व्रतको अघिल्लो रात अवरेसम्म अनेक प्रकारका मिष्ठान्न भोजन खुवाउने चलनको सुरुवातबाट दरखाने चलनको विकास भएको जानकारहरु बताउँछन् ।

    तीज मध्यकालिन समयमा वर्षभरी काम गरेर वर्षाको समय पार गरेपछि आफ्ना छोरी चेलीलाई आफ्ना मनका वह पोख्ने दुःख सुखको विसौनी बन्यो । टाढा टाढाका चेलीवेटीहरु एकैठाउमा भेला भएर अतितदेखि वर्तमानसम्मका आफ्ना घटना परिघटनालाई एक आपसमा आदनप्रदान गर्थे । दिदीबहिनीलाई दाजुभाई कति प्यारा थिए । आमाबुबालाई आफ्ना सबै छोराछोरी एक दिन भएपनि भेला भएर रमाइलो गर्दा बाल्यावस्थाको याद दिलाउथ्यो । छोरोछोरी प्रतिको स्नेह, ममता र प्यार बढ्थ्यो । छोराछोरीलाई आफ्ना आमाबाबु प्रतिको कर्तव्य, जिम्मेवारी र दायित्वको बोध हुन्थ्यो, पर्वको माध्यमबाट ।

    तर अहिले आम मानिसहरुको भनाई रहेको छ कि परम्पराका नाममा प्रतिस्पर्धा बढेको छ । वास्तविक संस्कारको अर्थ र औचित्य नै समाप्त हुनेगरी गरिएको आडम्वर र देखावटीपनले संस्कारको नै खिल्ली उडाएको छ । तीज पर्वको साँस्कृतिक महत्व बुझेर मनाउने भन्दा पनि रमाइलो गर्ने माध्यम बनाइकोको छ, आदि आदि । यसै सन्दर्भमा तीजको मौलिकता र सांस्कृति महत्व एवम सामुहिक तीजले सांस्कृति र सामाजिक क्षेत्रमा पारेको प्रभाव र असरका बारेमा झापाका विभिन्न क्षेत्रका अगुवा महिलाहरुसँग विचार यहाँ प्रस्तुत गरिएको छ :

    धर्मशिला चापागाई, सदस्य, संविधान सभा


    तीजको मौलिकताको बारेमा भन्नुपर्दा हिजोका दिनमा जसरी तीज मनाइन्थ्यो त्यस्तो परिवेश अहिले छैन, हिजो आफ्ना पिडाहरु सिधै भन्न नसकेर संगिनी मार्फत पोख्ने गर्ने तर आज त्यो अवस्था पनि छैन । महिलाहरु आफ्ना कुराहरु खुलेर राख्न सक्छन्, समयसँगसगै तीज मनाउने तरिकामा परिवर्तन भएको छ तर त्यसको मुल सारमा भने अहिलेपनि परिवर्तन आएको छैन ।

    पहिले सामूहिक रुपमा गाउँ घरमा, मन्दिरहरुमा गएर पूजा गर्ने संगिनी गाउने, अरु पनि गितहरु गाउने गर्थे । अहिले पनि तिज सामूहिन रुपमै प्राय मनाउन गरेको पाइन्छ । हिजो महिलाहरु गाउँ घरमा काममा केन्द्रित हुने गरेकोमा अहिले आएर विभिन्न पेशा व्यवसायमा छन् र तिनै निकायहरुमा सामूहिक रुपमा तिज मनाउने गर्दछन् भने अर्कोतिर शहरी क्षेत्र र धनाड्य परिवारका महिलाहरुले आधुनिकताका नाममा तिजलाई बिकृत पार्दै लगेको देखिन्छ ।

    न्यून आय भएका परिवारका महिलाहरुले पनि भड्किलो रुपमा तिजलाई बुझ्ने गर्दा परिवारमा त्यसको नकारात्मक प्रभाव पर्दै गएको छ । सामाजिक, साँस्कृतिक रुपमा बिछृङ्खलता उत्पन्न गर्दै लगेको छ । यस्ता पर्वहरुलाई महिला अधिकारका क्षेत्रमा बिगतको समीक्षा र आगामी दिनमा प्राप्त अधिकारको रक्षा गर्दै थप शसक्त बन्ने तिर छलफल गर्ने दिनका रुपमा यस दिनलाई उपयुक्त हुन्छ ।

    गीता अधिकारी, केन्द्रीय सदस्य, नेकपा एमाले

    तीजको मौलिकता हराउदै गएको अनुभूति कसरी पनि हुन्छ भने हिजो तीजको व्रतबस्ने अघिल्लो दिन राती जे जस्तो छ मिठो मसिनो खाने चलन थियो । तर कृषिको काम सकेर सबै छोरीचेलीलाई बेलाएर उनीहरुलाई एकै ठाउँमा राखेर दुःख सुख साटासाट गर्ने माध्यम थियो तिज । राती १२ बजेर उठेर आमाले ढकने र दुधजन्य परिकारहरु खुवाउनु हुन्थ्यो । हिजो तीज माइती र चेलीको सम्बन्धमा मात्र सीमित थियो भने अहिले समाजमा समाजिक संघ संस्था र सामुहिक ढङ्गले तीज मनाउने प्रचलन बढेको छ । त्यसैले यसलाई नविनतम सोच राखेर उत्पादन र सिर्जनात्मक कार्यमा जोडेर अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ ।

    तीज भित्र लुकेको दर्शन भनेको शिवजी पति पाउँ भनेर पार्वतीले ब्रत गरेको हा,े यसको सन्देस भनेको श्रीमान् र श्रीमति बीचको विस्वास, प्रेम र एक आपसमा भरोसा र माया अभिवृद्धि गर्दै परिवारलाई सन्तुलित ढङ्गले अघि बढाउने हो । यस कुरालाई सम्पूर्ण महिलाहरुले विशेष ध्यान दिनुपर्दछ ।

    उमा शिवाकोटी, केन्द्रीय सदस्य, नेपाल महिला संघ

    तीज हामी सबैका लागि निक्कै महत्वपूर्ण पर्व हो । हामीले परापूर्वकालदेखि नै तीज मनाउदै आइरहेका छौं । तीज हिन्दू धर्मावलम्बीहरुको मात्र पर्व भएपनि यो सबै जाति, सबै धर्मको पर्वको रुपमा रुपान्तरण भएको छ । तीज जस्ता हाम्रा चाड, पर्वहरुको मौलिकता र संस्कृतिको संरक्षण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नु अहिले चुनौती बन्दै गइरहेको छ । दरखाने चलन पनि समयसँगसँगै परिवर्तन भएको छ । पहिले जस्तो तरिकाले अघिदेखि नै माइती गएर दर खाने चलन चाहिँ परिवर्तन भएको छ ।

    अहिले अधिकांश महिलाहरु विभिन्न क्षेत्रमा व्यस्त छन् जस्ले चाहेर पनि आफ्नो माइत जान पाउदैनन्, त्यस्ता दिदीवहिनीहरुलाई मिलाएर आ–आफ्ना संगठनहरुले सामुहिक तीज गर्नु राम्रो हो । तीजमा अन्य धर्माबलम्बीका महिलादिदीबहिनीहरुलाई पनि बोलाएर सामुहिक रुपमा सन्देसमूलक, मौलिकता झल्कने, संस्कार संस्कृति झल्कने खालको कार्यक्रम गरेमा यसले समाजमा सकारात्मक सन्देस जानेखालको कार्यक्रम गर्नुपर्दछ तर महिनैदेखि विभिन्न ठूलो ठूलो होटलमा जाने, विभिन्न पेय पदार्थ खाएर विभिन्न सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो राख्नाले समाजलाई विकृत बनाउनुको साथै आगामी पुस्तालाई र समाजलाई पर्वप्रति नकारात्मक सन्देश फौलाइरहेको छ । होटलमा गएर दर खानुको सट्टो गरिबको झुपडीमा गएर तीज बनाउने हो भने त्यसले तीज पर्व सबैको लागि वराबर वन्न जान्छ । यस विषयमा भने राज्यले पनि ध्यान पुर्याउनु पर्दछ ।

    अधिवक्ता हेमकला कट्टेल

    आजको परिस्थिति तीजको मौलिकतामा फरक आएको हैन, समाजको विशेषतामा फरक आएको हो । हिजोको दिनमा छोरी चेलीलाई हेला होचो गरिन्थ्यो, आजपनि गरिन्छ । फरक यति हो कि हिजो दुःख पर्दा बुबाले संरक्षण गर्नुहुन्थ्यो भने आज राज्यले संरक्षण गर्दछ त्यसैले हिजो छोरीले दुःख पाउँदा माइतीको शरण लिन जान्थिन भने आज छोरीलाई दुःख पर्दा अदालत र संगठन जान्छिन् ।

    हिजो तिज क्षेत्री ब्राह्मण समुदायमा विशेष मनाइन्थ्यो भने आज आम नेपाली महिलाले मनाउँदै छन् यो पर्व महिलाहरुको एकताको प्रतीक बन्दैछ । हिजो क्षेत्री ब्राह्मण समुदायमा विशेष रुपमा मनाइने तीज आज आम नेपाली महिलाले मनाउँदै छन् । तीजमा महिलाले पुरुषको दीर्घ जीवनको कामना गर्दै भगवानसँग प्राथना गर्थिन भने आज आफ्नो पनि जीवन छ भन्ने कुरा बुझ्दै छिन् र निराहार व्रत बस्दिनन् । यस्ता हजारौ कुरा सकारात्मक छन्, आर्थिक अवस्था सुदृढ बन्दैछ जसका फल स्वरुप स्वतन्त्र रुपमा आफ्ना लागि सानो भएनि खर्च गर्ने आँट दिएको छ, महिलाहरुलाई समुहिक तिजले ।

    सामुहिक तीजको नकारात्मक पाटो भनेको कही उत्छृङखलता, कतै अस्लिल नाच नाचेको र अपाच्य भोजन गरेको पाइया,े त्योचाहि आम महिलाको चरित्र होइन त्यस्ता कुरालाई अनावश्यक प्रचारमा ल्याएर आम महिलाको उपहास गर्नुहुदैन, सामुहिक तीज कार्यक्रमको माध्यमबाट महिलाहरुको शसक्तिकरणमा सहयोग पुगेको छ, नेतृत्व विकास भएको छ । त्यसैले यसलाई सकारात्मक पक्षको रुपमा लिनु पर्दछ ।

    भीमा शिवाकोटी, निर्वतमान उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, झापा


    तीजको मौलिकता कायम छ वा हरायो यो बिषयमा विज्ञहरुले नै भन्नुहोला तर समयको गतिसँगै केही केही कुरा परिवर्तन भएका छन् । समय सँगसँगै सबै संस्कार र सस्कृतिमा परिवर्तन भएका छन् । सबै संस्कार र चाडपर्व पनि परिवर्तन भएका छन् ।

    सामुहिक तीजले समाज रुपान्तरणमा सहयोग गरेको छ । महिलाको शशक्तिकरण एउटा शसक्त माध्यमको रुपमा यसलाई दिदीबहिनीहरुले प्रयोग गरिरहेका छन् । तर सबैले धारेहात चाहि तीज पर्वलाई मात्र किन लगाएको हो ? यसो नगर्न म सम्पूण आग्रहपनि गर्दछु । तर यसका केही विकृत पक्षहरु पनि छन् । होटलमा गएर मद्यपानलाई दरको रुपमा खानु अन्त्यन्तै विकृत रुप हो । यसरी मादक पदार्थको सेवन गरेर हेर्नै नसकिने गरी नाच्दै गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा हालेर समाजलाई विकृत बनाउने छुट कसैलाई छैन । यस्ता क्रियाकलापको हामी सबैले खुलेर विरोध गर्नुपर्दछ । दर खाने भनेको दुधबाट बनेका परिकार नै खाने हो ।

    जेसी स्वस्तिका आचार्य, राष्ट्रिय उपाध्यक्ष, नेपाल जेसिज

    नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको मौलिकता हराएको गुनासो सुनिएपनि समयक्रमसँगसगै परिमार्जन भएको महसुस मैले गरेकी छु । यो पर्व पहिला पहिला चेली माइती भौतिक रुपमा टाढा टाढा हुने र माइती गएर चेलीलाई ल्याउने र मिठो मसिनो खुवाउने चलन थियो । तर हिजोआज मानिसहरु विभिन्न पेसा व्यवसायमा व्यक्त हुनेहुँदा आफ्नो अनुकूल बनाएर तीजको दर खाने प्रचलन बढेको छ ।

    पहिरनको हिसाबमा मौलिकता हरायो भन्दा समयक्रमसँगसँगे मानिसको क्रयशक्ति बढेर होला, समयको माग होला, फेशनको प्रभाव होला त्यसले गर्दा सवै पर्वहरु केही भड्किला र महंगा भएको छन्, त्यसबाट तीज पर्वपनि अछुतो छैन । खानेकुराको कुरा गर्दा दर भन्ने वित्तिकै दहीमा काक्राको अचार, ढकने, खिर सक्खर आदि को मिश्रमबाट राती दरको रुपमा खाने चलन थियो तर त्यसमा परिमार्जन भएर अहिले विभिन्न मांसाहारी खाने कुरा पनि खान थालिएको छ, त्यसैले पछिल्लो पुस्ताले ढकने, खिरको महत्व नबुझ्लानकी वा हाम्रा मौलिक खानेकुरा हराएर जान्छन् कि भन्ने चिन्तापनि छ, त्यसैले अरुदिन जे जे खाएपनि दरखाने दिनचाहि हाम्रा मौलिक खानेकुरालाई नै प्राथमिकता दिनुपर्दछ ।

    सामुहिक तीजको प्रचलनका सम्बन्धमा भन्नुपर्दा अहिले चाहिँ अति नै भयो जस्तो लाग्छ । कतिवटा बोलाएका ठाउँमा जान पनि सकिदैन । समाजका विभिन्न समूह, सहकारी, संस्था, क्लव, महिलाका संघसंस्थाहरु लगायत प्राय सबै संस्थाहरुले सामुहिक तीज मनाउने गर्दछन् । यसका राम्रा पक्ष पनि छन् नराम्रा पक्षहरुपनि छन् । अहिलेको आर्थिक मन्दी, हरेक मानिसको व्यस्तता, बोलाएका ठाउँमा पुग्नैपर्ने बाध्यता, आदिले गर्दा मलाई के लाग्छ भने हामी महिलाका संस्था मिलेर एकै ठाउँमा तीज मनाउन पाए समयको पनि बचत, आर्थिक मितव्ययिता हुने, एकताको सन्देस पनि जाने र समय व्यवस्थापन पनि हुनेथियो ।

    यसको मतलब महिलाको पर्वमा महिलालाई नै बन्देजको कुरा हामीलाई पनि स्वीकार्य हुदैन सामुहिक तीजमा गर्नैहुदैन भन्ने पक्षमा म पनि छैन । यस पर्वलाई हरेक महिला स्वतन्त्रताको पर्व, महिलाको पीडा खुलेर राख्न पाउने दिने, खुलेर नाच्न पाउने आफ्ना पीडा राख्न दिनको रुपमा पनि लिइन्छ भनेपछि यसमा बन्देजको कुरा हामीलाईपनि स्वीकार्य हुँदैन तर यो तीज एक दिनमा एउटा संस्था अर्कोदिन अर्को संस्थाको टुक्रे टुक्रे तीज गर्नुभन्दा धेरैवटा संस्थाहरु एकैठाउँमा मिलेर तीज मनाइयो भने आयोजनागर्न सहज हुने, त्यसले एकताको सन्देस दिने र महिनैदेखि तीज मनाउँछ भन्ने जुन गलत व्याख्या गरिन्छ त्यसबाट हामीले छुटकारा पाउथ्यो जस्तो लाग्छ ।

    भगवती घिमिरे, सहकारी अभियान्त


    तीजको मौलिकताको विषयमा कुरा गर्नुपर्दा हिजो हजुरआमाको पालामा जसरी मनाइन्थ्यो पक्कैपनि आमाको पालामा त्यसरी पर्व मनाइएन होला, हिजो आमाले आफूले मनाएको तीजको मौलिकतालाई हामीले कत्तिको पालना गर्न सक्यौ र आज हामीले मनाए जस्तै गरी भोली हाम्रा छोरीहरुले पक्कै तीज मनाउने छैनन् समयक्रमसँगसगै सबै चाडपर्व र संस्कार संस्कृतिलाई मनाउने तौल तलिकामा फरक आएजस्तै तीजको मौलिकतामा पनि केही फरक आएको छ ।

    हिजो जस्तो माइती लिन आउने र चेली माइत जाने प्रचलनमा कमी आएको छ । तरपनि यसको मौलिकता र संस्कृति जोगाउनु पर्छ भन्ने दिदीबहिनीले सकेसम्म समय निकालेर माइत जाने, संगिनी र पुराना जस्ता कुरालाई प्राथमिकता दिइरहेका छन् । हिजोका दिनमा पेटभर खान माइतै पुग्नुपर्ने समयपनि थियो तर आज त्यस्तो परिस्थिति छैन । अधिकांश दिदीबहिनीहरु आर्थिक रुपमा सक्षम र व्यस्त हुनुहुन्छ । त्यसैले समयसँगसँगै तीज पर्व मनाउने तरिकामा पनि फरक आएको छ ।

    तीजलाई सामुहिक रुपले मनाउँदा त्यसले गर्ने सांस्कृतिक सामाजिक असरको विषयमा कुरा गर्नुपर्दा हामी सहकारी कर्मीहरुले समावेशी तीजलाई महत्व दिएका छौ । नेपाल बहुजाति, बहुभाषिक देश भएको कारण तीज पर्व हिजो हिन्दू धर्मावलम्बीहरुको मात्र पर्व थियो आज नेपाली महिलाहरुको एक विशेष पर्वको रुपमा रुपान्तरण भएको छ । हामीले हाम्रा सवै महिला सदस्यहरुलाई तीजमा सहभागी भएर अत्यन्तै हर्सोल्लासका साथ तीज मनाइरहेका छौ जस्ले तीजको महत्वलाई अझ उचाईमा पु¥याएको छ । अर्कोतिर अहिलेका महिलाहरु कुनै न कुनै क्षेत्रमा सम्लग्न छन्, उनीहरु व्यस्त र जिम्मेवारीमा भएको कारण तीजमा माइत जान पनि भ्याउदैनन् । आफू सम्लग्न संस्थाले सामुहिक तीज मनाएर आफ्ना दुःख सुख साटासाट गर्ने माध्यम बनाउँदा उनीहरुले माइतीको अनुभूति प्राप्त गर्दछन् त्यसैले यसका सामाजिक महत्व अझ बढेको छ ।

    तर होटल होटलमा गएर खाने, अभद्र नाच्ने र विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, अशोभनिय गतिविधिले भने हाम्रा परम्परामाथि औला ठड्याईरहेका छन् । यस गतिविधिलाई निरुत्साहित गर्नुपर्दछ । समग्रमा तीजको सामाजिकीकरण भएको राम्रो हो, तर परम्परामाथि प्रश्न उठ्ने अशोभनिय र असामान्य गतिविधिको नियन्त्रण भने जरुरी छ ।

    कञ्चना सिटौला, एविसी नेपालको प्रदेश सदस्य तथा झापा अध्यक्ष

    पहिलाको तीजमा अघिल्लो दिन दरखाने, खासगरी दुधका परिकार र काक्राको अचार.खाने प्रचलन थियो तर अहिले १ महिना अघिदेखि तीज मनाउने, सुन्न नसक्ने गाना, हेर्न नसक्ने नृत्य, पादक पदार्थको अत्याधिक सेवन गर्ने र समाजिक सञ्जालमा पोष्ट गर्ने गर्नाले पछिल्लो पुस्ताले यो हाम्रो संस्कार नै होइन भनेर पर्व नै समाप्त हुने तहमा पुर्याउने जुन गतिविधि भएका छन् त्यसलाई खुलेर विरोध गर्नुपर्दछ ।

    तर महिलाहरु संगठित भएर समाजमा योगदान गर्दै र सेवामूलककार्य गरिरहेका छन् त्यस्ता गतिविधिको स्वागत गर्नु पर्दछ । तीजको दर भाद्रशुक्ल द्वितीयाका दिन बेलुकी ढकने र दही कांक्री खाने हो भन्ने कुरा हामीले बुझाउनु पर्दछ । महिलाहरुले पहिलेदेखिनै लगाउँदै आएका रातो सारी, चुरा पोते जस्ता आफ्ना सिंगारका सामान लगाउँदा विकृत भयो भन्नुभएन तर महंगा मंहगा गहना र भड्किला हुनुभएन ।

    नैनकला भट्टराई, उपाध्यक्ष, बिर्तामोड उद्योग बाणिज्य संघ


    हामी नारीहरुको लागि यो पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो । चेली र माइती बीचको सुमधुर सम्बन्ध बनाउने यो पर्वको आफ्नै महत्व छ । हामीलाई हजुरआमा र आमाहरुले दिएको संस्कार बमोजिम पर्व मनाउनु पर्दछ भन्ने मलाई लाग्छ । तर पछिल्लो समयमा तीज पर्व भड्किलो बन्दै गइरहेको छ । समाजमा हरेक पर्वको वास्तविकता बुझ्नुभन्दापनि देखावटी रुपमा पर्व मनाउने प्रचलनले केही समस्या देखिएको छ । तीज पर्वलाई जोडेर तडक भडक गर्ने, खान नहुने खाने कुरा खाने र समाजिक सञ्जालमा राख्ने गर्दाले यसल आगामी पुस्तामा के सन्देस जान्छ ? सवैले गम्भिर भए बुझ्ने बेला भएको छ ।

    हामीलाई थाह छ, धर्मले एउटा बाटो छ, परम्पराको आफ्नै बाटो छ, चाडवर्षलाई सांस्कृतिक पर्व भन्दा रमाइलो पर्वको रुपमा रुपान्तरण गर्दै गइरहेका कारण पछिल्लो समयमा तीज पर्व पनि धेरै विकृत हुँदै गएको छ । यो पर्व यति धेरै विकृत हुनुको अर्को कारण धर्मप्रतिको अनास्था पनि हो । श्रीमान्को सुस्वास्थ्य र दीर्घायूका लागि ब्रत बस्नुपर्ने कुरा वेकार हो, यदि श्रीमान्को दीर्घायूका लागि ब्रत बस्नुपर्छ भने श्रीमतिको लागिपनि वस्नुपर्छ आदि कुराले गर्दा पर्वको पौराणिक महत्वप्रति प्रश्न उठाउन थालिएको अवस्थापनि हो । तर हाम्रा मौलिकता हराएमा हाम्रो अस्तित्व पनि समाप्त हुन्छ, त्यसैले पर्वको मौलिकताको संरक्षण गर्नु तपाई हामी सबैको कर्तव्य हो ।

    समग्रमा भन्नुपर्दा तीजको मैलिकताको मुलसारमा परिवर्तन भएको छैन तर समयानुसार परिमार्जन भएको छ । सामुहिक तीजले कतै कतै विच्छृङ्खलता ल्याएपनि आम महिलाहरुलाई जो आफ्ना माइती नभएर, टाढाटाढा माइती भएर र कार्य व्यस्तताले माइत जान पाएका छैनन् उनीहरुले सामुहिक तीज मार्फत आफ्नो माइतीको अनुभूति गर्दछन् । सामुहिक तीजको माध्यमबाट महिलाहरुको नेतृत्व र व्यक्तित्च विकास भएको छ ।

    तर तीज पर्वको नाममा रहेको अस्वच्छ प्रतिस्पर्धा र गलत विचारले परिवार, समाज र अन्तत्वगोत्वा राष्ट्रलाई नै ठूलो घाटा पु¥याउँछ । पारिवारिक, आर्थिक, सामाजिक तथा नैतिक लगायतका सम्पूर्ण क्षेत्रमा यस्को नकारात्मक असर बढ्दो छ । श्रीमान् श्रीमतिको प्यार र माया बढोस् र दाम्पत्य जीवन सुखमय बनोस् भन्ने कामनाका साथ मनाइने यो पर्वमा प्रतिस्पर्धाको भावनाले पारिवारिक विखण्डनको अवस्था सृजना हुन सक्छ । दिनभर परिश्रम गरेर हात मुख जोर्नेहरुकोलागि पर्व वोझ बन्न सक्छ । दैनिक उपभोग्य सामाग्रंीहरुको उपभोगसमेत गर्ने नसक्नेहरुकोलागि चाडपर्वको अर्थ र औचित्यपनि समाप्त हुने अवस्था देखा पर्नसक्छ । त्यसैले आम समस्याले ग्रसित हुदै गएको समाजको विकास गर्न अब महिलाहरुले कसरी समाजमा प्रस्तुत हुने ?

    महिला र पुरुष बीचको एकतालाई कायम राख्दै कसरी सहकार्य गर्ने ? आध्यात्मिक पौराणिक चिन्तनको संरक्षण र संबद्र्धन गर्न आर्थिक तडक भडक र उच्छृङ्खलताको सोचाइबाट समाजलाई कसरी मुक्त गराउने ? महिला उत्थानको लागि अधिकारको समुचित प्रयोग गरी क्षमता र दक्षताको विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा आफ्नो पहिचान कसरी कायम राख्ने भन्ने दीर्घकालीन सोचको विकास गर्ने कुरामा महिलाहरुले ध्यान दिनु जरुरी छ ।

    महिलाहरुको सक्रियता र समक्षताको सम्बन्ध परिवार, समाज र राष्ट्रको विकाससँग जोडिएको हुन्छ । पारिवारिक द्वन्द्व कम गर्न, सामाजिक र सांस्कृति क्षेत्रको सुधार र सम्बद्र्धन गर्न, आर्थिक रुपमा सक्षम समाजको परिकल्पना गर्न, अपराधरहित सम्बृद्ध समाजको निर्माण गर्न संस्कृतिका नाममा आएको विकृतिलाई रोक्न महिलाहरु नै अग्रसर र सक्रिय बन्नु आवश्यक छ ।

    पर्वको समयमा नयाँ लुगा र गहना नलगाउनु, रमाइलो नगर्नु र नखानु भन्ने हुँदै होइन तर संस्कार र संस्कृतिलाई धज्जी उढाउने गरी त्यसको मुल मर्मलाई नै विर्सिएर समय, श्रम र रुपैया पैसाको फजुल खर्च गर्ने प्रवृत्तिलाई सुधार गरी घर घरमा हुने द्वन्द्व न्यूनिकरणमा समेत ध्यान पुग्न जरुरी छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.