Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आदिवासी जनजाति नेत्रहिन संघ झापाद्वारा छात्रबृत्ती तथा खाद्य सामाग्री वितरण
    विशेष

    आदिवासी जनजाति नेत्रहिन संघ झापाद्वारा छात्रबृत्ती तथा खाद्य सामाग्री वितरण

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन ३, बुधबार ०५:०१ गते2 Mins Read

    शिवसताक्षी \ झापाको शिवसताक्षीमा आदिवासी जनजाति नेत्रहिन संघ झापाले आफ्नो १३ आंै स्थापना दिवस मनाएको छ ।
    शिवसताक्षी न.पा. ११ दूधे स्थित भूत पूर्व सैनिक संघको सभाहलमा एक कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।


    आदिवासी जनजाति नेत्रहिन संघ झापाले स्थापना दिवसको अवसर पारेर हल्दीबारी माविमा कक्षा ११ मा अध्ययनरत छात्र सन्देश लिम्बु र त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा विएड तेस्रो वर्षमा अध्ययनरत छात्र प्रदिप राजवंशीलाई छात्रबृत्ती प्रदान गरेको छ । त्यसैगरी सोही अवसरमा दृष्टिविहीन ५ जनालाई खाद्यन्य सामाग्री समेत वितरण गरिएको आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गले जानकारी दिए । उनका अनुसार भिमकुमारी श्रेष्ठ, विनोदकुमार मगर, माने गिरी, मञ्जु तामाङ्ग र चुट्की मुर्मूलाई १५ केजी चामल, १ लिटर खाने तेल, १ केजी नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको थियो ।


    कार्यक्रममा सन्देश सुहाङ्गलाई शैक्षिक सामाग्री र सरस्वती तामाङ्गलाई सेतो छडी वितरण गरिएको आदिवासी जनजाति नेत्रहिन संघ झापाले जनाएको छ ।


    कार्यक्रममा सहभागी सबैलाई स्थानीय पत्रकार सेलिङ्ग केसीको पहलमा कनकाई गार्मेट दूधेले ३३ थान टिसर्ट निशुल्क वितरण गरेको थियो ।
    कार्यक्रममा झापा प्याब्सनका अध्यक्ष गौरीमान फागोले नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापालाई १० हजार र शिवसताक्षी प्याब्सनका अध्यक्ष राम सुहाङ्गले ३१ सय सहयोग गर्ने घोषणा गरेका छन् ।


    कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले दृष्टिविहीनहरु साच्चै अन्यायमा परेको महशुस भएको बताए । उनले राज्यको ऐन कानुनले गर्दा स्थानीयतहले चाहेर पनि कतिपय कुराहरुमा सहयोग गर्न नमिलेको जानकारी दिए । सरकारले फरक क्षमता भएका दृष्टिविहीनहरु पनि यो देशका नागरिक हुन् भन्ने महशुस गरेर ऐन कानुन नै संसोधन गर्नु पर्ने धारणा राखे ।


    कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्त फेउदिन, राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, झापा प्याब्सनका अध्यक्ष गौरीमान फागो, शिवसताक्षी प्याब्सनका अध्यक्ष राम सुहाङ्ग, सञ्चारकर्मी सरोज भट्टराई र सेलिङ्ग केसीले शुभकामना मन्तव्य राखेका थिए । नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनिल मुखियाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.