दैलेख-सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीया कल्पना शाही रहेकी छन्।आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो ।
उनका दाइ निराजनका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्।
झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए।भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
