Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विद्यार्थी कुटपिट प्रकरणमा कार्यालय सहयोगी पक्राउ
    कनकाई खबर बिशेष

    विद्यार्थी कुटपिट प्रकरणमा कार्यालय सहयोगी पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ३१, आईतवार १७:३५ गते1 Min Read

    लहान — विद्यालयमा एक विद्यार्थीमाथि भएको कुटपिटको घटनामा प्रहरी कारबाही सुरु भएको छ । सिरहा जिल्लाको सिरहा नगरपालिका-१२ को सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा कार्यालय सहयोगी पक्राउ परेका हुन् ।

    आरोपित कार्यालय सहयोगी जयनारायण मण्डललाई आइतबार नियन्त्रणमा लिइएको सिरहाका एसपी टेकनन्द इवा लिम्बुले बताए । उनका अनुसार मण्डललाई अदालतबाट म्याद लिई घटनाको अनुसन्धान सुरु गरिएको छ ।कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समिर राइनलाई कार्यालय सहयोगी मण्डलसहित प्रधानाध्यापक, लेखापालले मंगलबार कोठामा थुनेर निर्घात कुटपिट गरेको आरोप छ । कक्षामा पढिरहेका राइनलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए ।

    त्यसपछि कोठा बन्द गरी प्रधानाध्यापक जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी मण्डलले निर्घात कुटपिट गरेको विद्यार्थी समिरले बताएका छन् ।एसपी लिम्बुका अनुसार पीडित विद्यार्थीका बाबुले जाहेरी दिएका थिए । घटनाका अन्य आरोपीको खोजी भइरहेको उनले बताए । ‘जाहेरी आएको छ, कार्यालय सहयोगीलाई नियन्त्रणमा लिइसकेका छौं ।

    अन्य आरोपीको नाममा पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाएर खोजी तीव्र पारेका छौ,’ एसपी लिम्बुले भने ।कुटपिटबाट घाइते समिर प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् ।घाइते विद्यार्थी समिरका बुवा मोहमद अकबर मियाँका अनुसार कुटाईबाट समिरको जीउमा निलडाम र चोट छ । कान्तिपुर दैनिकबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.