Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जयश्रीको शेयर पुँजी ४१ लाख ६३ हजार, संस्थाको अध्यक्षमा कार्की
    कनकाई खबर बिशेष

    जयश्रीको शेयर पुँजी ४१ लाख ६३ हजार, संस्थाको अध्यक्षमा कार्की

    ramBy ram२०७६ कार्तिक ९, शनिबार ०५:२४ गते3 Mins Read

     

     दुर्गापुर / कनकाई नगरपालिका–७ दुर्गापुर स्थित जयश्री कृषि सहकारी संस्थामा स्थानीय युवा सामाजिक व्यक्तित्व खड्गबहादुर कार्की (राजन) अध्यक्षमा निर्वाचित भएका छन् ।

      गत असोज १५ गते उद्घाटन गरिएको अधिवेसनमा अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष पदको लागि कार्तिक २ गते निर्वाचन भएको थियो । निर्वाचनमा कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
    यस अघि नै निर्विरोध हुनेहरुमा उपाध्यक्ष हरिलाल खबास, सदस्यहरु इन्द्रहरी भट्टराई, योगेन्द्र उप्रेती, मोहन भण्डारी, निर्मल आङथुपो, सिता घिमिरे, पवित्रा अधिकारी, देवीमाया राजवंशी रहेका छन् । लेखा समितिको संयोजकमा राजेन्द्र सिटौला, सदस्यहरुमा चुडाराज पराजुली र मनोजकुमार थापा सर्व सम्मत चयन भएका हुन् ।

       निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक अमृत योङहाङले प्रमाण पत्र वितरण तथा शपथ ग्रहण गराएका थिए ।सो अवसरमा अध्यक्ष पदका प्रत्यासी भक्तबहादुर मेयाङवो, पूर्व अध्यक्ष लीलाबहादुर कन्दङवा, रमेश श्रेष्ठ, चन्द्रमान कन्दङवाले शुभकामना मन्तव्य राखेका थिए भने निर्वाचित पदाधिकारीहरुको तर्फबाट अध्यक्ष खड्गबहादुर कार्कीले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

       

      संस्थाका अध्यक्ष लीलाबहादुर कन्दङवाको सभापतित्व एवम् झापा जिल्ला सहकारी संघका सदस्य कृष्ण प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा यस अघि नै सम्पन्न भएको साधारण सभामा उपाध्यक्ष शम्भु प्रसाद पोखरेलले स्वागत गरेका थिए । संस्थाका अध्यक्ष लीलाबहादुर कन्दङवाले संस्थाको प्रगति प्रतिवेदन, व्यवस्थापक जीवन श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक अमृत योङहाङले लेखा प्रतिवेदन पेश गरेको कार्यक्रममा संस्थाले आ.व.२०७५/०७६ मा रु.४,२२,७७,०८५।– बराबरको कारोबार गरेको बताइएको थियो । वि.सं. २०६२ सालमा जयश्री कृषि समूहको नामाकरण गरी केही वर्षसम्म समूहवाट संचालन गरेको भएपनि २०७० सालमा जिल्ला सहकारी डिभिजन कार्यालय झापामा विधिवत रुपमा दर्ता भई आएको संस्थामा हाल सम्मको शेयर पुँजी रु.४१ लाख ६३ हजार पुगेको संस्थाका अध्यक्ष लिलावहादुर कन्दङ्वाले जानकारी दिए ।

      संस्थाको तर्फवाट वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष कन्दङ्वाले सहकारी भन्ने वित्तिक्कै बचत, ऋण र नाफालाई मात्र हेर्न नहुने भन्दै समग्र सामाजिक रुपान्तरणकालागि स्वरोजगारमुखी कार्यक्रम अघि बढाउँनु पर्नेमा जोड दिएका छन् । सोही अनुरुप सहकारीको माध्यमवाट गाउँका सर्वसाधारणलाई समेत उद्यमी र स्वरोजगारमुखी बनाउँनकालागि जयश्रीको माध्यमवाट कृषि क्षेत्रलाई प्राथमिक्तामा राखी संस्था अघि बढेको अध्यक्ष कन्दङ्वाले जानकारी दिएका छन् । भावी कार्ययोजन सहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष कन्दङ्वाले आ.व.२०७६/०७७ मा संस्थाको शेयर पुँजी वृद्धि गरी रु.५१ लख सम्म पुर्याउँने लक्ष्य राखिएको वताएका छन् ।

      साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता तर्फ हरिप्रसाद भट्टराई र उत्कृष्ट ऋणी तर्फ संझना कन्दङवालाई नगद सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कुरीलो र बाह्रमासे सजिउनाको विरुवा समेत निशुल्क रुपमा वितरण गरेको छ । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ झापाका सचिव राम ओली, धनुषकोटी कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल प्रसाई, कनकाई नगरपालिका सहकारी संघका संयोजक चम्पा सुवेदी, दुर्गापुर सहकारी संस्थाका अध्यक्ष गोपाल उप्रेती र कनकाई नगरपालिका कार्यालय सहकारी विभागका अधिकृत हरि प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

      साधारण सभाको बन्द सत्रले अध्यक्ष, व्यवस्थापक र लेखा संयोजकले प्रस्तुत गरेको प्रतिवेदन व्यापक छलफलपछि पास गरेको वताइएको छ । अधिवेशन सहितको साधारण सभा भएकाले नयाँ नेतृत्व चयनकालागि निर्वाचनका सम्पूर्ण कार्यक्रम संचालन गर्न अमृत योङहाङको संयोजकत्वमा ज्वाला श्रेष्ठ र भक्तवहादुर मेयाङ्वो सदस्य रहने गरी एक निर्वाचन समिति गठन गरिएको थियो । साधारण सभाको पहिलो सत्रको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक जीवन श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.