Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व. सुवेदीलाई लायन्स क्लवबाट अन्तिम श्रद्धाञ्जली
    कनकाई नगरपालिका

    स्व. सुवेदीलाई लायन्स क्लवबाट अन्तिम श्रद्धाञ्जली

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २९, शुक्रबार ११:३३ गते3 Mins Read


    कनकाई खबर \ सडक दुर्घटनामा परी अप्रत्यासित रुपमा निधन भएका लायन्स क्लव अफ कनकाई सुरुङगाका निवर्तमान अध्यक्ष एवं कनकाई —३ सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदी(देवराज) को बिहिबार पवित्र कनकाई घाटमा अन्त्यष्टी गरिएको छ ।


    सिङ्गो कनकाईबासी शोकमा रहेको वर्तमान अवस्थामा स्व.सुवेदीको पार्थिव शरिरमा लायन्स क्लवका तर्फबाट डिस्ट्रिक ३२५(सी) का डिस्ट्रिक चेयर पर्सन इमिडेट पास्ट डिस्ट्रिक गभर्नर धिरज गुरुङ, क्याबिनेट स्रेक्रेटरी लीलाप्रसाद चिमरीया लगायत लायन्स कर्मीहरुले लायन्स झण्डा ओढाएर अन्तिम श्रद्धाञ्ली अर्पण गरे ।

    त्यस्तै लायन्सले थोरै व्यक्तिलाई दिने सम्मान स्व.सुवेदीलाई अनर पिनबाट मरणोपरान्त सम्मान गरिएको छ । स्व.सुवेदीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न झापासहित धरान, विराटनगर, इटहरी लगायतका क्षेत्रहरुबाट समेत लायन्सकर्मीहरुको बाक्लो उपस्थिती रहेको डिस्ट्रिक क्याबिनेट सेक्रेटरी चिमरीयाले कनकाई खबरलाई जानकारी दिए ।


    श्रद्धाञ्जलीकालागी विभिन्न संघसंस्था, विद्यालय परिवार, शिक्षक, विद्यार्थी,अभिभावक सहित प्याब्सन कनकाई नगर समिति, जिल्ला समिति झापा, प्रदेश र केन्द्रबाट समेत उपस्थिती रहेको प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वाले जानकारी दिए ।स्व.सुवेदीको हाल कनकाई ४ स्थित दाजु जीवनाथ सुवेदीको निवासमा दशगात्रा कर्म सुरु भएको जनाइएको छ ।


    सडक दुर्घटनामा परेर निधन भएका स्व.सुवेदीको फोटा सामाजिक संजालमा छ्याप् छ्याप्ती भएको भएपनि यो सबै सपना भइदिए हुन्थ्यो भन्दै शोकाकुल अवस्थामा रहेका आम अभिभावक, शिक्षक साथै विद्यार्थीहरु भावविह्वल अवस्थामा रहेका छन् । स्व.सुवेदीकी श्रीमति नीना सुवेदी जापानमा रहेका कारण बुधबार साँझ काठमाण्डौ आइपुगेर तत्काल बेलुकाको उडानबाट झापा आइपुगेपछि बिहिबार अन्त्यष्टीको कार्यक्रम भएको हो । बिहिबार बिहान १०बजेबाट सुरु भएको श्रद्धाञ्जली साथै सबयात्रा ११ बजे मात्र पवित्र कनकाई घाटमा अन्त्यष्टी गरिएको लायन्सका क्याबिनेट स्रेक्रेटरी लीलाप्रसाद चिमरीयाले जानकारी दिए । स्व. सुवेदीका एक छोरा निर्देश काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत छन् ।


    सोमबार साँझ७ः२० बजेको समयमा झापाको कनकाई—८सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको (ग) १ (च) ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ आउँदै गरेको प्र.१–०१–०१३ (प)१४१७नम्बरको मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।


    श्रीमति र एक छोरा साथै प्यारागन एकाडेमीका एक जिम्मेवार अभिभावक समेत रहेका सुवेदीको निधनले यहाँको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ ।


    निजी विद्यालयहरुको संस्था प्याब्सन कनकाई नगर समितिका सल्लाहकार एवं प्यारागन एकाडेमीका प्रिन्सिपल सुवेदीको निधनप्रति श्रद्धासुमन अर्पण गर्दै कनकाई प्याब्सनले मंगलबार एक दिन शोक विदा गरेको थियो भने प्यारागन एकाडेमीले समय थप गर्दै असोज ३ गते सम्मलाई विद्यालय विदा गरेको सुचना सार्वजनिक गरेको छ ।


    स्व.सुवेदीप्रति कनकाई खबर डटकम साथै कनकाई खबर साप्ताहिकका तर्फबाट सम्पादक एवं प्रकाशक रामप्रसाद निरौला सहित सपरिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।


    धार्मिक एवं सामाजिक व्यक्तित्वको रुपमा स्थापित अत्यन्तै सरल एवं शान्त स्वभावका धनी पिता त्रिलोचन र माता मेनका सुवेदीका ७ भाइ छोरा र एक छोरी मध्येका जन्तरे छोराका रुपमा जन्मिएका स्व.सुवेदीले आफ्नो जीवनको अमूल्य समय शिक्षा क्षेत्रमा नै बिताएका थिए । अत्यन्तै सहयोगी, मिलनसार साथै शिक्षक, विद्यार्थी, अभिभावकहरुसँग समेत सधैं सहकार्य र सद्भाव राख्ने स्व.सुवेदी सामाजिक क्षेत्रमा समेत त्यत्तिक्कै क्रियाशिल हुँदै आएका थिए ।शिक्षासेवी आफ्ना सहोदर दाजु प्यारागन एकाडेमीका संस्थापक प्रिन्सिपल स्व.लक्ष्मण सुवेदीको अभावलाई सम्बोधन गर्ने गरी प्यारागन एकाडेमीको प्रिन्सिपलको जिम्मेवारीमा रहेका स्व.सुवेदीको अप्रत्यासित निधनले अहिले कनकाईबासी शोकमा डुबेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.