Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा एकल पुरुषलाई सहयोग रकम हस्तान्तरण
    समाचार

    कनकाईमा एकल पुरुषलाई सहयोग रकम हस्तान्तरण

    ramBy ram२०७६ कार्तिक ८, शुक्रबार १३:२६ गते2 Mins Read

     

     कनकाई / कनकाई नगर वडा नं. ६ ले वडामा रहेका ६० वर्ष माथिका दशजना एकल पुरुषलाई एक कार्यक्रमका विच वृत्ति विकास अन्तर्गतको रकम वितरण गरेको छ ।

       मासिक ८ सयका दरले ६० बर्ष माथिका एकल पुरुषहरुलाई वृत्ति विकाश सहयोग कार्यक्रमको रकम वितरण गरिएको कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीले वताएका छन् । राज्यले सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम ल्याएको भएपनि राज्यस्तरवाटै हाल सम्म ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता नदिएपछि वडास्तरवाटै कार्यक्रमको व्यवस्थापन गरिएको वडाअध्यक्ष ओली बताउँछन् । राज्यलाई समेत मार्गनिर्देशन गर्दै सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कनकाई नगरको वडा नंं.६ भित्र कार्यान्वयन हुने गरी “एकल जेष्ठ पुरुष वृत्ति विकास कोष” संचालन निर्देशिका २०७५ जारी गरी नगरमै पहिलो वडास्तरीय कार्यक्रम संचालन गर्दै आएको वडाअध्यक्ष ओलीले बताए ।

      कार्यक्रमकालागि वडावाट ८० हजारको वजेट स्विकृत भएको छ भने वडाअध्यक्षको तर्फवाट १० हजार थप गरी २०७५ को साउनदेखी वर्षमा दुई पटक सहयोग रकम वितरण गर्दै आएको वताइएको छ । नेपाल सरकारवाट कुनै पनि किसिमको लाभ, तलव, भत्ता, पेन्सन आदि प्राप्त व्यक्तिले यो सुविधा प्राप्त गर्न नसक्ने वडास्तरीय निर्देशिकामा जनाइएको छ । नेपाली नागरिकका रुपमा वडामा कम्तीमा एक वर्षदेखी स्थायी रुपमा बसोबास गर्दै आएको ६० वर्ष उमेर पुगेको एकल पुरुषले यो सुविधा प्राप्त गर्न सक्ने वडाअध्यक्ष ओली बताउँछन् । जेष्ठ नागरिक उपभोक्ता समिति वडा न ६ को संयोजनमा भएको कार्यक्रममा दिपावली, छठ पर्व लगायतका चाडपर्वहरुको शुभकामना आदानप्रदान समेत सम्पन्न भएको वडासदस्य ताराप्रसाद फुयालले बताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.