काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।आज (बिहीबार पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर र पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।नेम्वाङ संविधानसभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् ।
नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा सञ्चालन गर्ने अवसर पाएका थिए । हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको हो ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

