Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व.डिआर सुवेदीको भोली बिहिबार अन्त्यष्टी हुने, शव यात्राकोलागी सुचनासहित
    कनकाई नगरपालिका

    स्व.डिआर सुवेदीको भोली बिहिबार अन्त्यष्टी हुने, शव यात्राकोलागी सुचनासहित

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २७, बुधबार ०८:५० गते2 Mins Read

    कनकाई खबर \ सडक दुर्घटनामा परी निधन भएका कनकाई —३ सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदी( देवराज) को अन्त्यष्टी कार्य भोली बिहिबार हुने भएको छ ।


    स्व.सुवेदीकी श्रीमति नीना सुवेदी जापानमा रहेका कारण आज साँझ काठमाण्डौ आइपुगेर तत्काल बेलुकाको उडानबाट झापा आइपुग्ने भएकाले भोली बिहिबार बिहानको १०ः३० बजे पवित्र कनकाई घाटमा अन्त्यष्टी हुने जनाइएको छ । काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत स्व. सुवेदीका एक छोरा निर्देश सुवेदी सहित दाजुभाइ, दिदी बहिनीहरु सबैजना हिजो नै झापा आइसकेको बताइएको छ ।

    पोष्टमार्टमको कार्य सकेर हाल बिएण्डसीको मर्करीमा राखिएको स्व.सुवेदीको पार्थिव शरिर भोली विहिबार विहान कनकाई—४ स्थित जेठा दाजु जीवनाथ र भाउजु कमला सुवेदी साथै आमा भएको घरमा ल्याउने र त्यहीबाट शबयात्रा सुरु हुने लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरीयाले जानकारी दिए ।


    सोमबार साँझ ७ः२० बजेको समयमा झापाको कनकाई—८सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको (ग) १ (च) ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ आउँदै गरेको प्र.१–०१–०१३ (प)१४१७नम्बरको मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।


    लायन्स क्लवअफ कनकाई सुरुङ्गाका निवर्तमान अध्यक्ष समेत रहेका प्यारागन एकाडेमीका प्रिन्सिपल ५४वर्षीय सुबेदी गम्भिर घाईते भई उपचारकोलागी बिएण्डसी अस्पताल पठाईएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको थियो ।
    श्रीमति र एक छोरा साथै प्यारागन एकाडेमीका एक जिम्मेवार अभिभावक समेत रहेका सुवेदीको निधनले यहाँको शिक्षा क्षेत्रमा ठूलो क्षतिपुगेको बताइएको छ ।


    निजी विद्यालयहरुको संस्था प्याब्सन कनकाई नगर समितिका सल्लाहकार एवं प्यारागन एकाडेमीका प्रिन्सिपल सुवेदीको निधनप्रति श्रद्धासुमन अर्पण गर्दै कनकाई प्याब्सनले हिजो एक दिन शोक विदा गरेको थियो भने प्यारागन एकाडेमीले बिहिबार सम्मलाई विद्यालय विदा गरेको सुचना सार्वजनिक गरेको छ ।

    सुवेदीको अप्रत्यासित निधनप्रति दुःख व्यक्त गर्दै मन्टेश्वरी एसोशिएसन अफ झापाका अध्यक्ष एवं हाम्रो पाठशालाका संस्थापक प्रिन्सिपल अखिलकुमार कोइरालाले श्रदासुमन अर्पण गर्दै संस्थागत विद्यालयबाट शिक्षामा अभ्यास गरिरहेका सुरुङ्गाका एउटा सक्रिय, प्रिय, मिजासिलो, आफ्नो विचारमा स्पष्ट र दृढ पात्र गुमाउनु परेकोमा आफू अत्यन्तै दुःखी भएको बताए । कोइरालाले भने, “हाम्रो निम्ति यो क्षति अपुरणीय छ, उहाँको स्वर्गमा बास होस् ।”


    स्व.सुवेदीप्रति कनकाई खबर डटकम साथै कनकाई खबर साप्ताहिकका तर्फबाट सम्पादक एवं प्रकाशक रामप्रसाद निरौला सहित सपरिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.