काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा नेम्वाङ बस्ने कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ ।पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्यासित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएकोबताएउनले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको बताए।
उनले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए। एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गेको छ। त्यस्तै असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय पनि भएको छ। बैठकमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो