Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार सहित स्रष्टा सम्मान साथै कनकाई खबरको समिक्षा
    समाचार

    पत्रकार सहित स्रष्टा सम्मान साथै कनकाई खबरको समिक्षा

    ramBy ram२०७६ कार्तिक २, शनिबार ११:५४ गते2 Mins Read

      कनकाई खबर डेक्स / झापाको कनकाई नगरपालिका क्षेत्रमा एक पत्रकारसहित साहित्यिक स्रष्टा सम्मानित भएका छन् । कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ बार्षिकउत्सवको अवसर पारेर शनिवार पत्रकार तीर्थराज खरेल र साहित्यिक स्रष्टा गोविन्दप्रसाद घिमिरेलाई जनही नगद ८ हजार एक सय सहित सम्मान गरिएको हो । संचारको माध्यमवाट स्थानीय स्तरमा खोज अनुसन्धानमूलक समाचार सम्प्रेषण गरी लोकतन्त्र र जनताको पक्षमा निरन्तर रुपमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै पूर्वाञ्चल राष्ट्रिय दैनिकमा क्रियाशिल पत्रकार खरेललाई सम्मान गरिएको हो ।

       त्यस्तै विगत पाँच दशक लामो साहित्यिक यात्रामा निरन्तरता दिँदै समाजमा देखिएका विकृति र विसंगतिलाई चिर्नकालागि नेपाली साहित्यको क्षेत्रवाट पुर्याएको योगदानको सम्मान स्वरुप स्रष्टा घिमिरेलाई अभिनन्दन गरिएको कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाले वताएका छन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दुवैजना सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् । नगर प्रमुख पोखरेलले समाज रुपान्तरणमा साहित्य र पत्रकारिताको समान भुमिका रहेको भन्दै दुवै विधाको स्तरवृद्धिमा स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

      कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्यक्तित्वद्धय तीर्थराज खरेल र गोविन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ १ नं.प्रदेशका सदस्य एवम् साप्ताहिक पत्रिका संजाल झापाका अध्यक्ष तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य , कनकाई नगरपालिका वार्डनम्बर ४ का वडाअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारका अध्यक्ष ख्यामप्रसाद सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

      सम्मानित व्याक्तित्व तीर्थराज खरेलको व्यक्तित्व परिचय पत्रकार लीलाराज झापालीले र स्रष्ट गोविन्दप्रसाद घिमिरेको पत्रकार डिल्लीराम घोर्साईले व्यक्तित्व परिचय गराएका थिए । सोहि अवसरमा दोस्रो वर्षमा प्रवेश गरेको अवसर पारेर कनकाई नगरवाट प्रकाशित हुँदै आएको कनकाई खबर साप्ताहिकको वार्षिक विशेषाङ्कको समिक्षा गरिएको छ । प्रेस क्लवका अध्यक्ष एवम् पत्रकार रामप्रसाद निरौलाद्धारा सम्पादित कनकाई खबर साप्ताहिकको पत्रकार तीर्थ सिग्देलद्धारा समिक्षा गरिएको थियो ।

      विशेषाङ्कको समिक्षा गर्दै पत्रकार तीर्थ सिग्देलले कनकाई नगरवाट प्रकाशित कनकाई खबरले छोटो समयमा ठूलो फड्को मार्न सफल भएको बताएका छन् । समाज रुपान्तरणकालागि अखबारको भूमिका महत्वपूर्ण रहेको भन्दै नगर प्रमुख पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य, कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेल, सामुदायिक वनतर्फका अध्यक्षद्वय ख्यामराज सिटौला र खेम ओलीलगायत सहभागीहरुले सफलताको शुभकामना दिएका छन् ।
    प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष संगीता उप्रेतीले स्वागत तथा सचिव मनोज वस्नेतले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.