झापा बिर्तामोडको एक होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड- १ कञ्चनजङ्घा टोलस्थित विमला होटल एन्ड लजका सञ्चालक ४० वर्षीया विमला मोक्तान र भद्रपुर नगरपालिका- ७ निवासी २९ वर्षीय रुजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागु औषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ब्राउन सुगर सहित पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
