डडेल्धुरा : अमरगढी नगरपालिका–१ का वडासचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन्।
बैतडीको पाटन नगरपालिका १ घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएका हुन्।पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।नायकका अनुसार पन्तको शव डडेल्धुरा अस्पतालमा लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
