Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुवेदीको निधनका कारण आज कनकाई प्याब्सनले निजी विद्यालयमा गर्यो शोक विदा
    कनकाई नगरपालिका

    सुवेदीको निधनका कारण आज कनकाई प्याब्सनले निजी विद्यालयमा गर्यो शोक विदा

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २६, मंगलवार ०७:४२ गते2 Mins Read


    कनकाई खबर \ निजी विद्यालयहरुको संस्था प्याब्सन कनकाई नगर समितिका सल्लाहकार एवं प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधनप्रति श्रद्धासुमन अर्पण गर्दै कनकाई प्याब्सनले आज एक दिन शोक विदा गर्ने निर्णय गरेको छ ।


    प्याब्सन कोशी प्रदेश कार्यसमितिका पुर्व सदस्य समेत रहेका शिक्षासेवी सुवेदीको हिजो सोमबार साँझ ७ः२० बजेको समयमा सवारी दुर्घटनामा परी निधन भएको खबरले प्याब्सन कनकाई नगर समिति स्तब्ध बनेको यस दुखद घडीमा कनकाई नगर क्षेत्रका सम्पूर्ण निजी विद्यालयहरुमा शोक विदाको निर्णय गरिएको प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वाले जानकारी दिए ।


    झापाको कनकाई—८सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको (ग) १ (च) ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ आउँदै गरेको प्र.१–०१–०१३ (प)१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।


    सोही अवस्थामा मो.सा. चालक लायन्स क्लव अफ कनकाई सुरुङ्गाका निवर्तमान अध्यक्ष समेत रहेका प्यारागन एकाडेमीका प्रिन्सिपल ५४ वर्षीय (डिआर) देबराज सुबेदी गम्भिर घाईते भई उपचारकोलागी बिएण्डसी अस्पताल पठाईएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।


    सुवेदीको शव हाल अस्पतालमै रहेको र आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमकालागी मेची प्रादेशिक अस्पताल लाने तयारी भइरहेको बताइएको छ । श्रीमति र एक छोरा साथै प्यारागन एकाडेमीका एक जिम्मेवार अभिभावक समेत रहेका सुवेदीको निधनले यहाँको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको प्याब्सनका केन्द्रिय सदस्य एवं पशुपति अंग्रेजी माविका प्रिन्सिपल एल.पी. उप्रेतीले कनकाई खबरलाई बताए ।


    सुवेदीको अप्रत्यासित निधनप्रति दुःख व्यक्त गर्दै मन्टेश्वरी एसोशिएसन अफ झापाका अध्यक्ष एवं हाम्रो पाठशालाका संस्थापक प्रिन्सिपल अखिलकुमार कोइरालाले श्रदासुमन अर्पण गर्दै संस्थागत विद्यालयबाट शिक्षामा अभ्यास गरिरहेका सुरुङ्गाका एउटा सक्रिय, प्रिय, मिजासिलो, आफ्नो विचारमा स्पष्ट र दृढ पात्र गुमाउनु परेकोमा आफू अत्यन्तै दुःखी भएको बताए । कोइरालाले भने, “हाम्रो निम्ति यो क्षति अपुरणीय छ, उहाँको स्वर्गमा बास होस् ।”


    स्व.सुवेदीप्रति कनकाई खबर डटकम साथै कनकाई खबर साप्ताहिकका तर्फबाट सम्पादक एवं प्रकाशक रामप्रसाद निरौला सहित सपरिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.