Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एक करोड बढी जगेडा कोष रहेको पृथ्वी साकोस अब सहारासँग एकीकरण हुँदै (भिडियोसहित हेर्नुहोस्)
    कनकाई नगरपालिका

    एक करोड बढी जगेडा कोष रहेको पृथ्वी साकोस अब सहारासँग एकीकरण हुँदै (भिडियोसहित हेर्नुहोस्)

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २५, सोमबार २०:१० गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई —३ स्थित सुरुङ्गामा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


    समग्र आर्थिक व्यवस्थापनका आधारमा यस क्षेत्रकै उत्कृष्ट सहकारीका रुपमा स्थापित पृथ्वी सहकारीमा हाल पनि १ करोड ३ लाख १६ हजार ८ सय ४३ रुपैयाँ जगेडा कोषमा रहेको यो संस्था सहारा नेपालसँग एकीकरणमा पुगेको हो । आर्थिक पारदर्शीता एवं सुशासन कायम रहेको पृथ्वी सहकारी आँफैमा अब्बल दर्जाको संस्था भएकाले अन्य जुनसुकै सहकारीसँग समन्वय नगरी सहारा नेपाल साकोससँग एकीकरणमा जाने निर्णय भएको संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए /


    खुल्ला अर्थतन्त्र अनि प्रविधिमैत्री वातावरणमा अघि बढ्नु आजको आवश्यक्ता भएकाले संस्था सहज रुपमै अघि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको अवतरणलाई सहज बनाएको संस्थाका अध्यक्ष पोखरेलले बताए । यो असहज परिस्थितीमा समेत संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशत शेयर लाभांश वितरण गर्न लागेको जानकारी दिदै अध्यक्ष पोखरेलले पृथ्वी सहकारी संस्था अब सहारा सेवा केन्द्र सुरुङ्गा(ख) को नामबाट संचालनमा आउँने बताए । संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई बिचल्ली नभइ सहारासँगको सहकार्यमा अघि बढ्न अनुरोध गर्दै अध्यक्ष पोखरेलले पृथ्वी सहकारीले दिएको सेवा भन्दा सहाराको सेवा सुविधा थप आकर्षक हुने प्रतिवद्धता जनाए ।


    अध्यक्ष पोखरेलको सभापतित्व एवं कनकाई–३का वडाअध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रम सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न भएको हो ।


    संस्थाका अध्यक्ष पोखरेलले संस्थाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आजभन्दा ठीक ११ वर्षअघि स्थानीय केही सक्रिय युवाहरुको पहलमा सुरुवात गरिएको पृथ्वी सहकारी संस्थाले २०६९ को माघ २१ गतेदेखी औपचारिक रुपमा संस्था संचालनमा ल्याएको अध्यक्ष पोखरेलले जानकारी दिए । सदस्यहरुको दिगो विकास तथा सामाजिक उत्तरदायित्व “एकका लागि सबै र सबैका लागि एक” भन्ने मूल मान्यताबाट अभिप्रेरित भएर नै संस्था अघि बढेको बताउँदै अध्यक्ष पोखरेलले सहकारीका माध्यमबाट सामाजिक रुपान्तरणमा समेत सक्रिय रहँदै सहकारीले सामाजिक उत्तरादयित्व निर्वाह गरिरहेको बताएका छन् ।


    साधारण सभाको अवसरमा विभिन्न विधामा संस्थाका उत्कृष्ट सदस्यहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ताका रुपमा पुरुष तर्फ कनकाई –३ का नारायणप्रसाद कट्टेल रहेका छन् । त्यस्तै उत्कृष्ट बचतमा महिला तर्फ नमिता पोखरेल रहेकी छन् । उत्कृष्ट ऋणिमा पुरुष तर्फ कनकाई ३ निवासी धर्मराज प्रसाईँ र महिला तर्फ कनकाई ७ की मिरादेवी शहनी रहेका छन् । त्यस्तै ज्येष्ठ नागरिक तर्फ कनकाई— ३ निवासी भगिरथा सिटौला सम्मानित भएका छन् ।


    सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई–३ का वडाअध्यक्ष चम्लागाई, जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले नगदसहित दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेका थिए ।


    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाअध्यक्ष चम्लागाईले पृथ्वी सहकारीले संस्थाको नारालाई सार्थक बनाउँने अभियानमा सक्रिय हुँदै आएको बताएका छन् । आर्थिक क्षेत्रमा भएको तरलतालाई हेर्दा देशको अर्थव्यवस्था कहाली लाग्दो भएपनि पृथ्वी सहकारीसँग अहिलेको अवस्थामा पनि एक करोड बढीको जगेडा कोष रहेको साथै १ करोड २८ लाख ६७ हजार ६ सयको शेयर पुँजी भएकाले संस्था आँफैमा सक्षम रहेको भन्दै प्रमुख अतिथी चम्लागाईले संस्थाको सफलताप्रति खुशी व्यक्त गरे । एक सफल एवं सक्षम संस्थाका रुपमा स्थापित भएको पृथ्वी सहकारी संस्थाले वर्तमान अवस्थाको सहकारीको भिडमा आगामी यात्राकालागी गरेको निर्णय थप स्वागत योग्य भएको टिप्पणी गर्दै कार्यक्रमका प्रमुख अतिथी चम्लागाईँले उपयुक्त समयमा भएको निर्णयले कसैलाई पनि पछुतो नहुने बताए ।

    संस्थाका उपाध्यक्ष एल.पी. उप्रेतीको स्वागत तथा सचिव शिवकुमार कडेलले संचालन गरेको साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथी कनकाई ३ का वडाअध्यक्ष चम्लागाई सहित जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खनाल सुवेदीले संस्थाको सफलताको कामना गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.