झापाको कचनकवल गाउँपालिका–७ (फर्साडाँगी)स्थित घरनजिकै खेतमा मोटरबाट पानी फ्याँकी माछा मार्ने क्रममा मोटर सर्ट भई करेन्ट लाग्दा एक जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा सोही स्थानका स्थानका अन्दाजी ५० बर्षीय गोबिन राजवंशी रहेका छन्।
आइतबार दिउँसो ४ बजे करेन्ट लागेर खेतमा लडेको देखेपछि स्थानीयले तत्काल कचनकवल गाउँपालिकाको एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल पठाएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

