Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसीको सातवटै क्षेत्रमा समितिस्तरीय अभिमुखीकरण
    मेची नगरपालिका

    एनएमसीको सातवटै क्षेत्रमा समितिस्तरीय अभिमुखीकरण

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २४, आईतवार १८:१० गते3 Mins Read

    कनकाई खबर \ झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले संस्था अन्तर्गत रहेका सातवटै क्षेत्रमा समितिस्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।

    संस्था अन्तर्गत विभिन्न समिति तथा उपसमितिका पदाधिकारीहरुकालागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जनाइएको छ । भदौ १९ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम संस्था अन्तर्गतका सात वटा क्षेत्रमा सातै दिन सञ्चालन हुँदै भदौ २६ गते मोरङमा सम्पन्न हुँने संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए ।

    यसै अवसरमा आज भदौ २४ गते आइतबार काँकरभिट्टा खानेपानीको सभाहलमा मेची क्षेत्र अन्तर्गत विभिन्न समिति साथै उपसमितिका पदाधिकारीको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यव्रmममा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवसायगत उपसमिति, क्षेत्रीय उपसमितिका साथै मेची क्षेत्र अन्तर्गत रहेका सेवाकेन्द्रहरु (काँकरभिट्टा, चारआली, बुधबारे, धुलाबारी, इँटाभट्टा, बाहुनडाँगी, शान्तीनगर, खुट्टीडाँगी, बौद्धमोड, भृकुटी) का सेवाकेन्द्र उपसमिति र भौगोलिक एकाइ उपसमिति पदाधिकारीको उपस्थिति रहेको बताइएको छ ।

    मेची क्षेत्रीय समन्वय उपसमिति संयोजक राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले संस्था सञ्चालनमा उपसमितिको भूमिका विषयमा सहजीकरण गरेका थिए । संस्थालाई चलायमान बनाउन स्वयम्सेवीको रुपमा समिति÷उपसमितिको भूमिका महत्वपूर्ण रहने जिकिर गर्दै अध्यक्ष सिवाकोटीले अझै एनएमसी जस्तो ठूलो संस्थाको साखलाई थप उचाईँ प्रदान गर्न सम्पूर्ण समिति एवं उपसमितिको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे ।
    सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले एनएमसी आजको स्थानमा आइपुग्न संस्थाले अवलम्बन गरेको असल संस्कारको भूमिकामाथि प्रकाश पारेका थिए । संस्थाले अगाडि सारेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को मूल नारालाई आत्मसाथ गरी सबै समिति एवं उपसमितिका पदाधिकारी साथै सदस्यहरुले संस्थाको गरिमालाई उच्च राख्न हरदम प्रयास गर्नुपर्ने कुरामा सहसचिव ढकालले जोड दिए ।
    संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले अगाडि सारेका सामुदायिक अभियानबारे सहजीकरण गरेका थिए । राज्यले निर्वाह गर्नुपर्ने दायित्वलाई सहकारीले समेत समुदायकेन्द्रित भई सञ्चालन गर्नुपर्ने तर्क राख्दै प्रमुख कार्यकारी अधिकृत उप्रेतीले एनएमसीले समुदायमा निर्वाह गरेको भूमिकामाथि प्रकाश पारेका थिए । संस्थाले सञ्चालन गरेका विभिन्न अभियानहरु सुत्केरी भेटघाट, बाल बचकर्तालाई शुभकामना, राहत कार्यक्रम, समवेदनामा उपस्थिति, एनएमसी ट्याग वितरण लगायतका सामुदायिक गतिविधिबारे जानकारी राख्दै उप्रेतीले एनएमसी सदैव सदस्यको हितमा काम गर्दै आएको हुनाले आफ्नो जिम्मेवारीबाट संस्था कहिल्यै पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे ।

    मेची क्षेत्रीय उपसमिति संयोजक हरिप्रसाद उप्रेतीको शाब्दिक स्वागत रहेको कार्यक्रमको सञ्चालन मेची क्षेत्र प्रमुख प्रकाश पौड्यालले गरेका थिए । अभिमुखीकरणमा संस्थाका विविध पक्षबारे उपस्थित पदाधिकारीहरुले जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।

    भदौ १९ गते कनकाई–रतुवा ‘ख’ बाट सुरु भएको अभिमुखीकरण कार्यक्रम भदौ २१ गते बिर्ता–अर्जुन, भदौ २२ गते कनकाई–रतुुवा ‘क’, भदौ २३ गते भद्रपुर केचना क्षेत्रमा सम्पन्न भएको थियो भने भदौ २५ गते इलाम र भदौ २६गते मोरङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुँने कनकाई–रतुवा क्षेत्र (ख) का क्षेत्रीय प्रमुख कमल कट्टेलले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.