काठमाडौं । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।
मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिवार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो शहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउज प्रान्तको इघिल शहर नजिक रहेको छ ।
रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ ।
कमेन्टस्