मोरङको पथरी शनिश्चरे नगरपालिका-६ की ५६ बर्षीया शन्तिला भट्टराई लुईटेलको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार बिहान आफ्नै घरमा पानी तान्ने मोटर चलाएर नुहाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।उनको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
