Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सांगीतिक कार्यक्रमसहित पुस्तक विमोचन साथै सम्मान
    समाचार

    कनकाईमा सांगीतिक कार्यक्रमसहित पुस्तक विमोचन साथै सम्मान

    ramBy ram२०७६ आश्विन २०, सोमबार १४:१९ गते2 Mins Read

    राम निरौला
    कनकाई खबर \ नमुना विद्यालयको रुपमा प्रस्तावित झापाको कनकाई माविका विद्यार्थीहरुको साझा संगठन कनकाई भूतपूर्व विद्यार्थी समाजले सोमवार विद्यालय परिसरमा सांगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान, पुस्तक विमोचन साथै पुर्व शिक्षकहरुलाई सम्मान गरेको छ ।

       विद्यालयको २०३६ सालको व्याजका विद्यार्थी हाल कनकाई भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष दिनेशकुमार उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख साथै कनकाई भूतपूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक सहित सेवा निवृत्त तीन दर्जन बढी शिक्षकहरुलाई सम्मान गरीएको छ ।

        यसरी सम्मातिन हुने विद्यालयका पुर्व प्रधानाध्यापकहरु चन्द्रप्रसाद मैनाली, कोमलप्रसाद पोखरेल, ईश्वरीप्रसाद शिवाकोटी, आशा शर्मा शिवाकोटी, निर्मल खतिवडा लगायत अन्य शिक्षकहरु रहेका छन् । सम्मानित सवैलाई समाजका अध्यक्ष अखिलकुमार कोइराला, कार्यक्रमका सभापति दिनेशकुमार उप्रेती साथै कार्यक्रमका प्रमुखअतिथी राजेन्द्रकुमार पोखरेलले मायाको चिनोसहित, खादा र सम्मानपत्र प्रदान गरेका थिए ।

       कार्यक्रमकै अवसरमा माहाकाव्यकार मीत्रप्रसाद दहालको “आमा”महाकाव्य लोकार्पण गरिएको थियो । साहित्यकार एवम् समालोचक कोमलप्रसाद पोखरेलले कृतिको लोकार्पण गरेका हुन् । स्रष्टा दहालको १५० पृष्ठको महाकाव्यको कनकाई माविका शिक्षक भीमप्रसाद दहालले समिक्षा गरेका थिए । कृतिका लेखकको संघर्षको कथा समेटिएको महाकाव्यमा १७ सर्ग र ८५२ श्लोकहरु रहेको वताइएको छ ।

       भूतपूर्व विद्यार्थी समाजका महासचिव महेन्द्र विश्वकर्माले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको सम्मानसहितको कार्यक्रममा सम्मानित व्यक्तित्व कोमलप्रसाद पोखरेल र आशा शर्मा शिवाकोटी, विद्यालयका प्रधानाध्यापक कर्णवहादुर डाँगी लगायतले मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रम संचालन समाजका सदस्य एवम् शिक्षक तीर्थराज खरेलले गरेका थिए ।

        नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा नमुना विद्यालयको रुपमा छनौटमा परेको खुसियालीमा वृहत सांगीतिक कार्यक्रम समेत सम्पन्न भएको हो । नेपालकै उत्कृष्ट बाध्यबादकसहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रममा कनकाई तारा सन्ध्या ठटाल र पूर्व कनकाई तारा कृष्ण तिवारीको समेत प्रस्तुती रहेको वताइएको छ ।

       गीतसंगीतको क्षेत्रमा राष्ट्रिय छबि बनाएका कनकाई माविका पूर्व विद्यार्थीहरु सुमित पाठक, सरोज कोइराला लगायतका कलाकारहरुको समेत प्रस्तुति रहेको कनकाई भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष अखिलकुमार कोइरालाले वताएका छन् । सांगीतिक कार्यक्रमको संचालन विद्यालयका पूर्व विद्यार्थी एवम् कलाकार राजेश घतानीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.