Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » तीजका अवसरमा आश्रममा रहेका ज्येष्ठ माताहरुसँग अनेम संघ कनकाई(भिडियोसहित हेर्नुहोस्)
    कनकाई नगरपालिका

    तीजका अवसरमा आश्रममा रहेका ज्येष्ठ माताहरुसँग अनेम संघ कनकाई(भिडियोसहित हेर्नुहोस्)

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २३, शनिबार २०:५१ गते4 Mins Read

    कनकाई खबर \ तीजको नाममा भित्रिएका विकृति विसंगतिलाई न्युनीकरण गर्दै अघि बढ्नु पर्ने तर्फ जोड दिँदै अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीले तीजका अवसरमा ज्येष्ठ माता सम्मानसहित सामुहिक दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।


    संघको कनकाई नगर कमिटी अध्यक्ष मीरा भट्टराईको सभापतित्व एवं कमल गाउँपालिकाकी पुर्व अध्यक्ष समेत रहेकी अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई—४स्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा सम्पन्न भएको हो ।


    कार्यक्रमका अवसरमा प्रणामी मन्दिरको संरक्षणमा रहेका १६जना ज्येष्ठ माताहरुलाई सम्मानसहित सामुहिक दर खुवाइएको आयोजक समितिले जनाएको छ ।ज्येष्ठ माताहरुसँगको जमघटले तीज लगायतका पर्वहरुको मौलिक परम्परा एवं संस्कृतिका बारेमा जानकारी प्राप्त गर्न सहज हुने भएकाले ज्येष्ठ माताहरुसँग तीज विशेष कार्यक्रमको आयोजना गरिएको संघको कनकाई नगर कमिटी अध्यक्ष मीरा भट्टराईले जानकारी दिएकी छन् ।


    तीज लगायतका पर्वलाई खर्चिलो अनि भड्कीलो बनाउँन नहुँने तर्फ जोड दिँदै अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले चाडपर्वलाई सरल र सहज बनाउँन महिलाहरुबाटै भूमिका खेल्नु पर्नेमा जोड दिएकी छन् । तीज पर्वलाई सामाजिक, धार्मिक ,पौराणिक एवं सांस्कृतिक महत्वका रुपमा हेरिनु पर्नेमा जोड दिँदै संघकी केन्द्रीय उपाध्यक्ष काफ्लेले धार्मिक दृष्टिकोणले तीजको महत्व अत्यन्तै ठूलो रहेको बताएकी छन् ।

    पछिल्लो समय नेपालमा मनाइने चाडपर्वहरू मध्ये सबैभन्दा लामो समयसम्म मनाइने चाडको रूपमा तीज पर्वलाई हेर्न थालिएको प्रसङ्ग जोड्दै उपाध्यक्ष काफ्लेले तीज मान्ने चलन हाम्रो धार्मिक, साँस्कृतिक परम्परा भन्दा ठीक विपरीत रुपमा देखा पर्न थालेको बताएकी छन् । नेपाली समाजमा हिन्दूहरूले मनाउने सबैभन्दा ठूलो चाडको रूपमा मानिने दशैँ र तिहारभन्दा तीज पर्व लामो, खर्चिलो र तडकभडकपूर्ण रुपमा बजारमा देखिन थालेको भन्दै कार्यक्रमकी प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष काफ्लेले अखिल नेपाल महिला संघका सम्पूर्ण आमादिदी, बहिनीहरुलाई यस तर्फ सचेत हुन आह्वान गरेकी छन् । यो विषय केहीका लागि राम्रो लाग्न पनि सक्छ, तर धेरैका लागि सामाजिक हिसावले चिन्ताको विषय बनेको काफ्लेको जोड थियो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य हीराकुमार थापाले तीज हिन्दु धर्मसँग मात्रै जोडिएको छैन, यो नेपाली समाजको एक मौलिक संस्कृति पनि भएको बताए । विशेष गरेर विवाह गरी पराईको घरमा गएर बुहारीको रूपमा भोग्नु परेका दुःख वेदनालाई गीतका रूपमा प्रयोग गरेर दुःख, सुख साटासाट गरी नाचगान गर्ने, दिदीबहिनी माइती घर जाने, भेटघाट गर्ने, राम्रो लुगा लगाउने आदि प्रचलन हाम्रो मौलिक संस्कृति भएको एमालेका नेता थापाको जोड थियो । तर, अहिले प्रचलनमा आएका कतिपय गीतहरू कर्णप्रीय भए तापनि आजभोलि बज्ने गीतमा प्रयोग भएका शब्द र अभिनयले हाम्रो संस्कृति अनि संस्कारप्रति चुनौती थपेको एमाले नेता थापाको बुझाई छ ।


    अनेम संघ कनकाईले आयोजना गरेको सन्देशमुलक विशेष कार्यक्रममा सहभागी दिदीबहिनीहरुले तीजका रमाइला लोकभाकामा छमछमी नाचेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाकी पुर्व उपप्रमुख एवं अनेम संघ क्षेत्र नं.४ की ईञ्चार्ज मन्जु प्रसाईँले आजभोलि तीज पर्व देखासिकीको पर्याय बन्दै गएको भन्दै यस तर्फ महिलाहरु नै सचेत हुनु पर्नेमा जोड दिएकी छन् । चाडपर्वका नाममा खानपान साथै गरगहना र कपडा लगाउनेमा समेत प्रतिस्पर्धा हुँदै आएको साथै विभिन्न सामाजिक संजाल मार्फत सार्वजनिक भएका गतिविधिले भावी पुस्तामा नराम्रो असर पर्ने भन्दै अनेम संघकी क्षेत्रीय ईञ्चार्ज प्रसाईँले चिन्ता व्यक्त गरिन् ।


    पर्व र संस्कृतिमा आर्थिक प्रभाव जोडिने भएकाले तीज पनि आर्थिक कुराबाट अलग हुन नसकेको कार्यक्रममा सहभागीहरुको जोड थियो । नेपाली सहर बजारमा फेसन, गरगहना र भोजभतेरको सन्दर्भ हेर्ने हो भने अहिले तीज सबैभन्दा महंगो पर्व भएको महसुश हुन थालेको बताइएको छ । महिलाहरूले मात्रै मान्ने पर्व भएपनि यो पर्व अन्य पर्वहरूभन्दा निक्कै महंगो पर्वको रूपमा देखिन थालेकोले तीजको नाममा भित्रिएका विकृतिहरुप्रति सचेतना जगाउँने उद्येश्यले नेपाल महिला संघ कनकाई नगर कमिटीले सन्देशमुलक तीज विशेष कार्यक्रमको आयोजना गरेको संघकी नगर अध्यक्ष मीरा भट्टराईले कनकाई खबरलाई जानकारी दिएकी छन् ।


    अनेम संघ कनकाई नगरकी उपाध्यक्ष अनिता राईको स्वागत तथा सचिव मन्जु सापकोटाको संचालन रहेको कार्यक्रममा संविधान सभा सदस्य एवं अनेम संघकी केन्द्रिय सदस्य अम्बिका राजवंशी, प्रेस चौतारी नेपाल लेखा आयोगकी केन्द्रिय सदस्य सावित्रा दहाल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख एवं अनेम संघ प्रदेश कमिटी सदस्य नरमाया कार्की साथै प्रदेश कमिटी सदस्य विन्दा थापा, जिल्ला अध्यक्ष पवित्रा पाठक, कोषाध्यक्ष कोपिला चम्लागाईँ, सीता अधिकारी, क्षेत्र नं.२ की संयोजक सुनीता खरेल सिग्देल, शिक्षासेवी चम्पा सुवेदी, नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष खड्गप्रसाद प्रसाईँ, कनकाई वडा नं.—४ का वडाअध्यक्ष रोशन सुवेदी, कार्यपालिका सदस्य साथै वडासदस्यहरु कृष्णमाया भुजेल, लक्ष्मी कटुवाल, नरादेवी मगर, निर्मला खड्का, संजीता ल्वागुन, मन्दिरा विश्वकर्मा, राधाकुमारी विश्वकर्मा, सुस्मा परियार, इन्दिरादेवी अधिकारी लगायतको आतिथ्यता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.