Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा,वरिष्ठ उपाध्यक्षमा ख्याम ओली
    बिर्तामोड नगरपालिका

    होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा,वरिष्ठ उपाध्यक्षमा ख्याम ओली

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २३, शनिबार १६:४२ गते2 Mins Read

    कनकाई खबर \ होटल ब्यवसायी संघ झापाको १० औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन वर्षकालागी पुनःइन्दिरा श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

    पहिलो कार्यकालको नेतृत्व सफलतापुर्वक सम्हालेकी श्रेष्ठकै अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।संघको विधानअनुसार पहिलो बैठकबाट अन्य दुईजना सदस्य मनोनीत गरी १७ सदसस्यी कार्यसमिति निर्माण हुने जनाइएको छ ।त्यस्तै कनकाई नगर क्षेत्रका विभिन्न सामाजिक संघसंस्थाहरुको समेत नेतृत्व तहमा रहेका एक सफल होटल व्यवसायी ख्यामप्रसाद ओली वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।


    समितिको उपाध्यक्षमा रामकुमार प्रसाई(विर्तामोड),महासचिवमा शिवराज पौडेल (अर्जुनधारा),सचिवमा मानबहादुर गिरी(मेनपा),कोषाध्यक्षमा रमेश मगर(दमक) निर्विरोध चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा क्रमशःतिलकबहादुर श्रेष्ठ(कनकाई), ढुका कुमाल(दमक), निरोज सिटौला(विर्तामोड), टेकबहादुर बस्नेत(कनकाई), डम्बरबहादुर नेम्वाङ(विर्तामोड), जयप्रकाश राई(विर्तामोड), नोर्वुलामा शेर्पा(मेनपा),भिम सुब्बा(मेनपा)र चन्द्रा बुढाथोकी(कनकाई)चयन भएका छन् ।

    साधारण सभाको बन्द सत्रमा डिल्लीराम दहालको संयोजकत्वमा डिल्लीराम घिमिरे, डिल्लीराम मैनाली साथै सदस्य सचिव कल्पना मिश्र सहितको निर्वाचन मण्डलीले सर्वसम्मतको भुमिका खेलेको बताइएको छ। सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक दहालले सपथ ग्रहण गराएकाथिए ।

    संघकी अध्यक्ष श्रेष्ठको अध्यक्षता एवं बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन समारोहमा होटल व्यवसायी महासंघका उपाध्यक्ष देबी गौतम(रबिन), कोशीप्रदेश अध्यक्ष राजन दङ्गाल, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, चेम्बर अप कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली, संघको सल्लाहकार संयोजक प्रेमप्रकाश चुडाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । सचिव ख्याम ओलीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव शिवराज पौडेलले गरेका थिए ।


    नव निर्वाचित अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निर्माणाधिन अवस्थामा रहेको जिल्ला संघको अपुरो भवनलाई पूर्णता दिने तथा कोभिडसँगै आर्थिक रुपमा खस्किंदै गएको जिल्लाको होटल व्यवसाय र व्यवसायीको हकहितकालागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।


    साथै अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा कोभिडका कारण सोचेजती काम गर्न नसकिएको बताउंदै सबैको सहकार्य र सहयोगले केहि सकारात्मक काम गरिएको समेत बताइन । उनले अगामी दिनमा आफ्नो टिमले योजना बनाएर काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.