झापा-रोकिराखेको ट्रकसँग बस ठोक्किदा बाँकेमा चालकसहित सात जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगञ्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् ।
दाङबाट नेपालगञ्जतर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगञ्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको हो ।
कोहलपुरका डीएसपी सुन्दर तिवारीले गएराति नौ बजे भएको दुर्घटनामा सात जनाको मृत्यु भइसकेको बताए । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
