काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
रिजालको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको उनका साथी एवम् मानव अधिकारकर्मी इन्द्र अर्यालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निमोनिया भएर निधन भएको उनले बताए। कांग्रेस नेतृ सिर्जना सिंहले पनि काठमाडौं -७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको पुष्टि गरेकी छन्।
रिजाल कांग्रेसबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए। रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० मत पाएका थिए।
कमेन्टस्
