Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपाको बृहत शुभकामना आदानप्रदान
    राजनीति

    नेकपाको बृहत शुभकामना आदानप्रदान

    ramBy ram२०७६ आश्विन २०, सोमबार ००:४८ गते2 Mins Read

    कनकाई खबर डेक्स  \  नेपाली संस्कृति , संस्कार र परम्पराको संरक्षणकालागि सवै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी झापाका इञ्जार्ज एवम् पार्टीका केन्द्रीय सदस्य रबीन कोइरालाले मुलुकको ठूलो वा सानो पार्टीका नाममा कसैले पनि दम्भ या नैराश्यता देखाउँन नहुने बताएका छन् ।

       झापाको सुरुङ्गास्थित जेसीज भवनमा नेपाल कम्युनिष्ट पार्टी कनकाई नगर कमिटीले आयोजना गरेको बृहत शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले राष्ट्र र राष्ट्रियता भन्दा ठूलो हामी कोही पनि नभएको प्रष्ट पारेका छन् । कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका कोइरालाले कसैको विचार, भावना फरक हुन सक्छ तर राष्ट्रलाई खण्डित गर्ने गतिविधीकालागि कसैलाई पनि छुट नभएको बताएका छन् । विभिन्न जातजाती, धर्म, संस्कृति बोकेका नेपालीहरुले सवै चाडपर्वहरुलाई साझा पर्वका रुपमा मान्नु पर्नेमा कोइरालाले जोड दिएका छन् ।

     नेपाल कम्युनिष्ट पार्टी कनकाई नगर कमिटीका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्व रहेको कार्यक्रममा प्रतिनिधी सभा सदस्य एल.पी. साँवा लिम्बूले युरोपीयन देशहरुमा एकआपसमा गोरु जुधाएर रमीता हेरे जस्तै नेपालमा राजनीतिक दलका नेताहरुलाई जुधाएर पत्रकारहरुले गलत प्रचारबाजी गरेको आरोप लगाएका छन् । खराब आचरण भएका केही पत्रकारहरुले आर्थिक प्रलोभनमा परेर राजनीतिक दलका नेताहरुलाई एकआपसमा राख्ने र कमजोरी पक्ष खोतल्ने गलत काम भइरहेकाले त्यस तर्फ सचेत हुन संघीय सांसद साँवाले सम्बन्धित सवैलाई अनुरोध गरेका छन् ।

      मुलुकको पुर्वाधार विकासमा मात्र नभएर समग्र देशको उन्नती र प्रगतिकालागि छिमेकी राष्ट्रहरुसँग सहकार्य भइरहेको प्रष्ट पार्दै संघीय सांसद एल.पी.साँवाले सरकारको यो दुई वर्षे कार्यकाल विकास निर्माणको प्रारम्भसँगै संविधान कार्यन्वयनमा नै बितेको बताएका छन् ।

         नेकपा कनकाई नगर कमिटीका सचिव विष्णु विमलीको संचालन तथा कनकाईका प्रचार विभाग प्रमुख कृष्ण खतिवडाले स्वागत गरेको कार्यक्रममा नेकपाका विभिन्न तहका कार्यकर्ता, जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रदेश सभा सदस्यद्वय झलकसिंह दर्लामी, हिरा थापा, नेकपा १ नंं.प्रदेश कमिटीका स्कुल विभाग सदस्य रामचन्द्र थपलिया, नेकपा झापाका सचिव मणिकुमार साम्पाङ, जिल्ला कमिटी सदस्य एवम् कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, कनकाई वडा नं. २ का वडाअध्यक्ष परशुराम गिरी, राप्रपाका नारायण पोखरेल, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेल, संचारकर्मी सरोज कोइराला लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.