Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामाजिक सञ्जालको उपयोगिता सिकाउँदै एमाले कमल गाउँकमिटी
    राजनीति

    सामाजिक सञ्जालको उपयोगिता सिकाउँदै एमाले कमल गाउँकमिटी

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २०, बुधबार २२:४० गते2 Mins Read

    कमल \ नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीका गतिविधि आक्रामक रुपमा सामाजिक सञ्जालमा पोस्ट गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

    बुधबार झापाको कमल गाउँपालिकामा गाउँस्तरीय सामाजिक सञ्जाल अभिमुखीकरण कार्यक्रममा बोल्दै एमाले पोलिट्व्युरो सदस्य भट्टराईले जनतामाझ पार्टीले गरेका काम पुर्याउन सामाजिक सञ्जाल उपयुक्त माध्यम भएको बताएका हुन् ।

    पार्टी स्थापना भएका बेला, त्यसपछि संघर्षका चरणभन्दा अहिले समय र परिस्थिति बदलिएकाले प्रचारको माध्यम र तरिका बदलिनुपर्ने उनको भनाई थियो ।

    हरेक व्यक्तिको हातमा सामाजिक सञ्जाल प्रयोग गर्न मिल्ने मोबाइल फोन हुने गरेकाले पार्टीको प्रचारका लागि त्यसलाई सदुपयोग गर्न उनको निर्देशन थियो ।

    नेता भट्टराईले भने, ‘पहिला हामीले कति दुःख गर्यौं भन्ने कुरा अहिलेका युवालाई थाह छैन । हामीले गरेका काम यति धेरै छन् तर हामीले आक्रामक रुपमा जनतासम्म पुर्याउन सकेनौं । अब समय बदलियो । हामीले हाम्रा सामाजिक सञ्जालमार्फत पार्टीका काम जनतामाझ पुर्याउनुपर्छ ।’

    पार्टीले गरेका कामको बढाइचढाई नगर्न तर सही कुरा के हो त्यो उल्लेख गर्न उनको सुझाव छ । राजतन्त्र रहेका बेला राजतन्त्र विरुद्धका नारा लगाउँदा पुग्ने अवस्थाबाट अहिलेसम्म आइपुग्दा प्रविधिले धेरै फड्को मारेको नेता भट्टराईको भनाइ थियो ।

    अरुका आलोचनाको भय नराखी पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालको प्रयोगलाई उदाहरणका रुपमा लिन उनको सुझाव छ ।

    उनले थपे, ‘पछिल्लो चुनावलाई उदाहरणका रुपमा लिएर हेरौं न । सामाजिक सञ्जालबाटै भोट मागेर कतिपयले जिते त । अनि हामीसँग पनि छ त सामाजिक सञ्जाल ! त्यस्को प्रयोग किन नगर्ने ? पार्टीका कार्यक्रमका तस्वीर र विवरण आफ्ना सामाजिक सञ्जालका अकाउन्टमा आजैबाट पोस्ट गर्न थालिहालौं ।’

    कमल गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्तालक्षित सामाजिक सञ्जालको प्रयोगका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

    अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेकपा एमाले झापाका प्रचार तथा प्रकाशन विभागका सचिव प्रदीप परियार र प्रेस चौतारी झापाका सदस्य उमाकान्त खनालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.