Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर हुने
    बिर्तामोड नगरपालिका

    दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर हुने

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १९, मंगलवार २०:३५ गते2 Mins Read

                  


    कनकाई खबर \ नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् ।

    उनले कतिपय दलहरु दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको बताए । प्रचार तथा प्रकाशन विभाग झापाले मंगलबार (आज)बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको षडयन्त्र सफल नहुने बताए । उनले एमाले जनताको सर्वाधिक रुचाइएको पार्टी र जनताको भरोसाको पार्टी भएकाले सबैखाले एमाले विरोधी गतिविधि असफल हुने ठोकुवा गरे ।

    झापाका अगुवा पत्रकारहरुको सहभागिता रहेको भेलामा इञ्चार्ज भट्टराईले एमाले विरुद्धको षडयन्त्र तोड्न एकतावद्ध ढंगबाट प्रतिकार गर्नुपर्ने बताए । उनले भने, एमालेले गल्ति गरेको अवस्थामा जोगाउनु पर्दैन, तर षडयन्त्रको सशक्त प्रतिकार गर्न तयार बन्नुहोस् । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोल्ने धम्की दिदैं एमालेको मुद्धा खोजिरहेको उनको भनाई थियो । सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन, एमालेलाई सिध्याउन पाइन्छ कि भन्ने अभियान मात्रै हो । तर, एमाले कहिकतै चुकेको छैन, चुक्दैन । एमाले संस्थागत रुपमा भ्रष्टाचार विरुद्ध उभिएको पार्टी भएको उनको भनाई छ ।

    सबैखाले प्रतिकुलता विरुद्ध एमाले लड्न सक्षम भएको भन्दै उनले जनताको बीचमा एमाले विरुद्ध भ्रम मात्रै छर्ने प्रयास भएको बताए । एमालेको लोकप्रियतामाथि भ्रम छरेर जनमत विगार्ने प्रयास सफल नहुने उनको भनाई छ । प्रचार भेलालाई सम्बोधन गर्दै उनले पुराना पार्टीको भविष्य छैन भन्दै भाष्य निर्माण गरिएकोमा सचेत हुन आग्रह गरेका छन् । नेता भट्टराईले पुराना पार्टीहरुको विरोध गर्नेहरुको चिन्तन तोड्नुपर्ने सूझाव दिए । नयाँ पार्टीको लोकप्रियता सधैं कायम नहुने भन्दै उनले सहि र गलत छुट्टाएर प्रचार गर्न सूझाव दिए ।

    प्रचार भेलाका प्रमुख अतिथि भट्टराईले सामाजिक सञ्जालको भरपुर मात्रामा प्रयोग गरेर प्रचारप्रसारलाई जनताको माझमा पुराउन सकिने बताए । उनले सञ्जालको सकारात्मक प्रयोग अहिलेको आवश्यकता भएको बताउँदै एमालेका तल्लो तहमा आवद्ध कार्यकर्ताहरुले समेत ध्यान दिन आग्रह गरे । भेलामा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जिल्लाको प्रचारप्रसारलाई व्यवस्थित गर्दै जाने प्रतिवद्धता जनाए । उनले पालिका तहमा प्रचार विभाग व्यवस्थापन गरेर पार्टीको प्रचार व्यवस्थित गर्ने बताएका हुन् ।


    प्रेस चौतारीका कोशी प्रदेश इञ्चार्ज गणेश पोखरेल, पार्टीका उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङगेलसहित कार्यक्रममा प्रेस चौतारी र प्रचार विभागमा आवद्ध सदस्यहरुले प्रभावकारी प्रचार प्रसार र सामाजिक सञ्जालको प्रयोगका बारेमा सूझाव दिएको विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.