जनकपुरधाम । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।
नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिनुभयो ।
अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
