धनगढी : विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो
।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् ।विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको बताइएको छ । प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
