Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कचनकवल नाकाबाट सुर्ती र चिनी तस्करी मौलायो, ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा
    कचनकबल गाउँपालिका

    कचनकवल नाकाबाट सुर्ती र चिनी तस्करी मौलायो, ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १७, आईतवार २१:३१ गते1 Min Read

    झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका नाकाबाट ठुलो परिमाणमा सुर्ती र चिनी तस्करी हुने गरेको पाइएको छ ।

    सो नाकाबाट भन्सार छलेर ठुलो मात्रामा सुर्ती र चिनी तस्करी हुने गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको सशस्त्रको टोलीले आइतबार बिहान साढे ६ बजेको समयमा ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा लिएको छ ।

    गणबाट खटिएका इन्स्पेक्टर भीष्म सापकोटाको नेतृत्वको टोलीले कचनकवल १ स्थित हात्तीपाइला क्षेत्रबाट साइकलमा लोड भएका सो परिमाणका सुर्ती बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर साइकलमा लस्करै हालेर नेपाल भित्राइरहेको अवस्थामा सुर्ती बरामद गरिएको सशस्त्रले जनाएको छ ।

    सशस्त्रलाई देख्न साथ तस्करीहरू साइकल र सुर्ती छाडेर भागेका थिए । बरामद गरिएको सुर्ती र साइकललाई १ लाख २८ हजार मुल्याकंन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । तिलक भन्ने कारोबारीले कचनकवलको घेराबारी र पथरिया नाकाबाट ठुलो परिमाणमा सुर्ती भित्राउँदै आएको स्रोतको दाबी छ ।

    त्यस्तै सोही नाकाबाट गदा भन्ने कारोबारीले चिनी भित्राउँदै आएको छ । सो नाकाबाट तस्करी गतिविधि मौलाएसँगै सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको टोलीले निगरानी बढाएको अवस्था छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.