कनकाई खबर/ दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै गएराति २ बजे दुर्घटना भएको थियो। सडकबाट झण्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। दुर्घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
