Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘कांग्रेसमा आगामी महाधिवेशनबाट अहिलेको नेतृत्व बिदा हुँदैछ’—महामन्त्री थापा
    मेची नगरपालिका

    ‘कांग्रेसमा आगामी महाधिवेशनबाट अहिलेको नेतृत्व बिदा हुँदैछ’—महामन्त्री थापा

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १६, शनिबार १७:०८ गते3 Mins Read

    झापा \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी महाधिवेशनबाट पार्टीको अहिलेको नेतृत्व बिदा हुने बताएका छन् ।


    ‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस’, झापाको धुलाबारीमा शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रममा थापाले भने, ‘तपाईँहरू तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या मिलाउँछौं, ढुक्क हुनुस्, अगामी महाधिवेशनबाट अहिलेको नेतृत्व बिदा हुन्छ ।’ महामन्त्री थापाले आज (शनिवार) नेपाली कांग्रेस कनकाई नगर समितले आयोजना गरेको नगर सम्मेलनलाई समेत सम्बोधन गरेका छन् ।


    उनले पार्टीमा केही समस्या र अप्ठ्यारा भने अवश्य रहेको बताए । थापाले कांग्रेसमा पुनर्जागरण जरुरी भएको पनि औँल्याए ।
    भर्खर आएका नयाँले २०८४ को चिन्ता लिएर कोकोहोलो मच्चाइरहेको उल्लेख गरेका थापाले कांग्रेसलाई २०८४ को चिन्ता पटक्कै नभएको बताए । केही समूहले कांग्रेसलाई नै निसाना बनाएर प्रहार गरिरहेको उनको टिप्पणी छ । तर, त्यो कुन समूह हो भन्ने उनले खुलाएनन् ।


    ‘एमालेलाई सडक किनारामा बसेर समस्या छ भन्दिए हुन्छ, अर्कोलाई टङटङ घण्टी बझाइदिए पुग्छ’, उनले भने,‘ कांग्रेसलाई त्यसो गरेर पुग्दैन, देश बदल्ने जिम्मा कांग्रेसको काँधमा छ ।’ कम्युनिस्टले समाजको विश्वास कहिल्यै नगर्ने उल्लेख गरेका थापाले नेपाली समाजले गुमाएको आत्मविश्वासलाई जगाएर कांग्रेसले देश बदल्ने विश्वास दिलाए । कांग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको बताएका उनले तन्नेरी पुस्तालाई भेटेर फकाउन नेता कार्यकर्तालाई आग्रह गरे ।

    ‘समाजको विश्वास डगमगाएको छ, आत्मविश्वास गुमेको छ’, महामन्त्री थापाले भने, ‘डगमगाएको विश्वास, गुमेको आत्मविश्वास जगाएर १५ वर्षभित्र देश बदल्नु र बनाउनु छ ।’ देश अब १५ वर्ष मात्र जवान रहने उनको तर्क छ । महामन्त्री थापाले भने, ‘अघिल्ला पाँच वर्ष आधार वर्ष र पछिल्ला पाँच वर्ष उचाइको वर्ष बनाउन चुकियो भने देश बन्दैन ।’ चार वर्षको चिन्ता छोडेर कांग्रेसले अहिलेको समयलाई देश बनाउने अवसरका रूपमा लिएको थापाले बताए ।


    ‘समाजमा छट्पटाहट छ,आक्रोश छ, नैराश्यता छ, तन्नेरीमा विदेशिने जोड छ, आमाबुबामा छोराछोरी विदेश ठेल्ने होड छ’, उनले भने, ‘कांग्रेसले यो कुरा मसिनो गरेर बुझेको छ, चार वर्षको चिन्ता छोडेर कांग्रेस देश बनाउन लागेको छ ।’ उनले २०८४ को चुनाव हार्दा कांग्रेसलाई केही फरक नपर्ने बताए ।

    मुलुक विचित्रको समाजवादी भएको उल्लेख गर्दै थापाले भने, ‘मानिस समाजवादी, पार्टीको नाम समाजवादी, मोर्चा समाजवादी कस्तो विचित्र हो ?’ उनले संविधान नै समाजवादी भए पनि देश विकास नभएकोमा चिन्ता व्यक्त गरे । महामन्त्री थापाले निराश नबन्न र दृढ विश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्दै आफूहरूकै पालामा देश समुन्नत हुने डाढस दिए ।


    कांग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु (सुदय) ले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेको सम्मेलनमा सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बू साथै उपसभापति योगेन थापामगरले १४ औँ महाधिवेशनपछि नगर नेतृत्वले गरेका काम, नगरको आगमी योजना र नगर पार्टीको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिए ।


    मेचीनगर नगर सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोसी प्रदेश सदस्य विमल आचार्य, प्रदेश सांसद गोपाल तामाङ, झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे साथै झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आआफ्ना धारणा राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.