Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » खुकुरी तथा जुत्ता चप्पल बनाउँने तालिम सम्पन्न
    समाचार

    खुकुरी तथा जुत्ता चप्पल बनाउँने तालिम सम्पन्न

    ramBy ram२०७६ आश्विन १३, सोमबार ०३:५५ गते2 Mins Read

    कनकाई, १२ असोज / नारी कल्याण समाजको आयोजना एवम् गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा एक महिनादेखी कनकाई नगरपालिकामा संचालनमा रहेको खुकुरी तथा जुत्ता चप्पल बनाउँने तालिमको आइतवार एक विशेष कार्यक्रमका विच समापन भएको छ ।

      स्थानीय स्तरमा नै सिप सिकेर स्वरोजगार बन्न सक्ने विश्वासका साथ संचालन गरिएको तालिमवाट कनकाई नगर क्षेत्रका २० जना स्थानीयवासी लाभान्वीत भएको बताइएको छ । कनकाई ८ स्थित लक्ष्मीपुरमा एक महिनासम्म चलेको तालिममा जुत्ता चप्पल तर्फ १४ जना र खुकुरी तर्फ ६ जनाले सहभागिता जनाएका थिए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर स्वरोजगार बन्नु पर्नेमा जोड दिँदै समापन कार्यक्रमका सहभागीहरुले उत्पादन भएका चिज बस्तुको बजारको सुनिश्चितता हुनु पर्ने बताएका छन् ।

      नारी कल्याण समाज झापाकी अध्यक्ष कमला उप्रेतीको सभापतित्व एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी पोर्तेलले हामी समृद्ध बन्नकालागि उद्यमशिल बन्नु पर्ने तर्फ जोड दिएका छन् । सरकारले पूर्वाधार विकासमा मात्र ध्यान दिने तर उद्यमशिलताकालागि लगानी नगर्ने हो भने मुलुकको आर्थिक अवस्था कमजोर हुन सक्ने भएकाले यस तर्फ स्थानीय सरकार समेत सचेत हुन जिल्ला समन्वय समिती झापाका प्रमुख पोर्तेलले सुझाव दिएका छन् ।

      एक महिना सम्म संचालन भएको तालिम कार्यक्रमको जुत्ता चप्पल तर्फ निरु पाण्डेले र खुकुरी तर्फ रनकुमार विश्वकर्मले सहजीकरण गरेका थिए । नारी कल्याण समाजकी सदस्य हर्कमाया विश्वकर्मले स्वागत तथा सचिव प्रेमा भट्टराईले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल पार्न सिपमूलक स्वरोजगार बन्न नगरवासीलाई अनुरोध गरेका छन् ।

      एक महिना सम्म संचालन भएको जुत्ता चप्पल साथै खुकुरी बनाउँने तालिम समापनसँगै सहभागीहरुले सिकेका सिपलाई व्यवहारमा उतार्न स्थानीय सरकारको तर्फवाट आवश्यक्ता अनुसार सहयोग गर्ने कनकाई नगरपालिकाका प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् । तालिम समापन कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेल, वडा नं.४ का अध्यक्ष गोविन्दप्रसाद पौडेल, वडा नं.८ का अध्यक्ष प्रेमवहादुर कटुवाल, गुड नेवर्स इन्टरनेशनल नेपालका प्रवन्ध निर्देशक गणेश ढकाल लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.