रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिवी बोहरा छन्।
उनलाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो।बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।
सोही उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
