काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् ।
सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन् ।
नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन् ।एसियन गेम्सको तयारीमा रहेका अन्य देशका खेलाडी पनि एसियन च्याम्पियनसिपमा आउने हुनाले एसियन गेम्सको तयारी स्वरुप यो प्रतियोगितालाई लिएको खेलाडीहरुले बताएका छन् । अनलाइन खबरबाट
कमेन्टस्