Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई प्रमुख साहको निर्देशन
    कनकाई खबर बिशेष

    बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई प्रमुख साहको निर्देशन

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १४, बिहीबार १८:१४ गते2 Mins Read

    काठमाडौं,/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ। बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो।

    उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गन आग्रह गर्नुभयो। उहाँले नगर प्रहरीलाई हिम्मतले काम गर्न आग्रह गर्नुभयो। प्रमुख साहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताउनुभयो। उहाँले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो।

    काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उहाँले बताउनुभयो। ‘‘नगर प्रहरी बलले बुद्धि–विवेक पुर्‍याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पु¥याउनुहोला। संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भइदिनु होला। हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो भइदिनु होला। इमान्दार त सधैँ हुनु नै पर्नेछ। यसरी नै बितेको वर्षमा तपाईहरुले काम गर्नुभएको छ।

    त्यसको लागि म लगायत हामी सबै जनप्रतिनिधिहरु धेरै नै खुशी छौँ’’, प्रमुख साहले भन्नुभयो, ‘‘हाम्रो नगर प्रहरी बलले कुनैपनि नातावाद, कृपावाद र कुनैपनि राजनीतिक दबाब बिना काम गरिरहेको छ। सुशासनको लागि कुनैपनि राजनीतिक दबाब बिना नै काम गर्न सफल भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि यसरी नै कुनै राजनीतिक दबाबमा नआइकन काम गरिदिनु भयो भने नेपाल प्रहरी, हाम्रो नगर प्रहरी, सशस्त्र प्रहरी, सिडिओ कार्यालय सबैले हाम्रो सहरमा सुशासन ल्याउन सफल हुन्छौँ।

    यहाँहरुले पनि यो चिजमा ध्यान दिनुभयो भने हामी सबै मिलेर काम गर्न सक्छौँ। सहकार्यमा काम गर्नसक्छौँ।’’ उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआइकन काम गर्न सकेमा सहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रहसमेत गर्नुभयो। गोरखापत्र दैनिकबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.