झापा- भारतको भागलपुरमा मंगलवार राति भएको सवारी दुर्घटनामा झापाको अर्जुनधारा ९ कार्की डाँडाकी शारदा कार्कीको मृत्यु भएको छ । ५५ वर्षीय कार्की श्रीमान जतगबहादुरसँगै तीर्थयात्राका लागि भारत गएकी थिइन् ।
मंगलबार राति सवा ९ बजे भागलपुरको रजौन थाना स्थित केशव वाटिका नजिक तीर्थयात्रीहरु चढेको अटोलाई कारले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा अटोमा सवार कार्कीसहित दुई जना महिलाको ज्यान गएको छ ।दुर्घटनामा कार्कीका श्रीमान जगतबहादुर र झापा बिर्तामोडका अनन्तलाल महतो पनि घाइते भएका छन् । बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको अटोमा १२ जना सवार थिए ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

