कनकाई खबर \ जेष्ठ नागरिक संघ कनकाई नगरसमितिका पुर्व अध्यक्ष पुन्यप्रसाद बारकोटीलाई पत्नी शोक परेको छ ।
कनकाई —३ सुरुङ्गा निवासी बारकोटीकी जीवनसंगिनी ७७ वर्षीय सीतादेवी बारकोटीको आज बिहिबार बिहान ४ः०५ बजेको समयमा निधन भएको हो । दश दिन अघिदेखी अचानक स्वास्थ्यमा समस्या आएपछि उहाँको विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । उपचाररत बारकोटीलाई बुधबार बेलुका ७ः३० बजेको समयमा प्रादेशिक अस्पताल भद्रपुरबाट कनकाई—३,सुरुङ्गास्थित निजी निवासमा ल्याइएको थियो ।
स्व.बारकोटीका चार छोराहरु डा.टंकप्रसाद , डिल्लीराम, शंखर र राजेन्द्र बारकोटी रहेका छन् । स्व.बारकोटीको आज विहिबार बिहान १०ः३० बजेको समयमा पवित्र कनकाई घाटमा अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।
कमेन्टस्
