वीरगञ्ज- प्रहरीले खसी चोरेर मोटरसाइलमा राखी भाग्दै गरेका दुई जनालाई बाराबाट पक्राउ गरेको छ।प्रहरीले खसी चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका-१ बस्ने छोटे चौधरी र सन्तोष चौधरीलाई पक्राउ गरेको हो।
कोल्हवी- ५ बस्ने उपेन्द्र चौधरीको खसी चारेर पक्राउ परेका सन्तोषले ना.४७ प ८३४१ नं.को मोटरसाइकलको बीचमा राखी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानै जानकारी दिए।
खसिसहित पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याख थप गराइ थप अनुसन्धान भइरहेको न्यौपानेले बताए। देश सञ्चारबाट
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
