सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको हाे ।
बुधबार बिहान भलुवाही पुलमुनि सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
